SamwadKhabar logo

               

कला / साहित्य

भैरव अर्यालको स्मृतिमा........

Pramila Bhujel

Pramila Bhujel

भैरव अर्यालको स्मृतिमा........
५ असोज, काठमाडौं । आज नेपाली साहित्यका शिखर व्यक्तित्व श्री भैरव अर्याल ज्यूको ८७ औ जन्म जयन्ती । नेपाली साहित्यका प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो । उनको निधन भने काठमाडौंको गोकर्णमा वि.स.स २०३३ मा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनले सर्वप्रथम वि.सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् । उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भएको थियो। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा ०२२ सालमा आयोजित पहिलो कविता महोत्सवमा उनी प्रथम भएका थिए । उनीद्वारा सम्पादित ‘साझा कथा' (०२५) निकै प्रसिद्ध छ। अर्यालका 'जय डीु, 'काउकुतीु, 'गलबन्दी', 'दशऔतारु, 'टेढो ऐना' लगायतका कृति निकै लोकप्रिय छन् । त्यसलगायत लाहुरको यात्रा, भान्सा भो हजुर ? नाम फेर्ने धुनमा, केही राष्ट्रिय रोग : एक अनुसन्धान, मपाईं,(निबन्धसंग्रह), उपवन(कवितासंग्रह), राष्ट्रिय आह्वन(लघुकाव्य), इतिश्री(हास्यव्यङ्ग्य निबन्धसंग्रह), नेपाली काव्यमा प्रकृति(समालोचना) पनि कृतिहरू छन् । सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता रहेको पाइन्छ । मानवीय स्वभावमा रहने कमी कमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको उद्देश्य रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन् । उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर सरल, सहज र रोचक भाषा शैलीका माध्यमबाट सामाजिक विकृतिहरूमाथि चोटिलो व्यङ्ग्य गर्नमा खप्पिस अर्यालका निबन्धहरूमा विशेष गरेर समाजसुधार, देशभक्ति, मानवतावाद र प्रगतिवादी विचारको प्रस्तुति पाइन्छ ।  

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…