SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वर ५ मा विकास निर्माणका कार्यहरुको जनप्रतिनिधिबाट अनुगमन र निरिक्षण

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर ५ मा विकास निर्माणका कार्यहरुको जनप्रतिनिधिबाट अनुगमन र निरिक्षण
माघ ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटिमा विभिन्न भेग, टोलमा निर्माण हुँदै आएका निर्माण कार्य तथा नयाँ निर्माण गर्नु पर्ने स्थलहरुको अनुगमन भईरहेको छ । बुधवारबाट शुरु भएको अनुगमन कार्य बिहिवार पनि भईरहेको छ । अब केहि दिन अनुगमन कार्य गरी निर्माण कार्यको अवस्था बारे जानकारी लिने, नयाँ विकास निर्माणका कार्य गर्नु पर्ने स्थानको स्थलगत निरिक्षण गर्ने तथा वडावासीसँग प्रतक्ष्य स्थलगत भेटघाट कुराकानी गर्ने नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिनु भयो । स्थलगत अनुगमन कार्यमा नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा सदस्यहरू लक्ष्मी पुडासैनी, श्री बहादुर योगी, धर्म थिङ लामा खटिनु भएको छ । बुधवार जोरपाटी विश्रान्ति तरकारी बजारदेखि जम्बुडाँडा जाने बाटोमा ड्रेनको चेम्बर, सडक, ढलान र ढल व्यस्थापन लगायतका विविध निर्माण कार्यको जनप्रतिनिधिको टोलीले अनुगमन गरेको थियो । विकास निर्माण कार्य वडाको सिफारिस तथा प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे लामाको पहलमा प्रदेशको बजेटबाट भएको नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिनु भयो । यसैगरी, वडाको सिफारिसमा प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे लामाको पहलमा प्रदेशको बजेटबाट निर्माण भईरहेको जम्बुडाँडामा कोरा गर्ने स्थान लगायतका निर्माण कार्यबारे जनप्रतिनिधिको टोलीले स्थलगत निरिक्षण गरेको छ । बुधवार नै जम्बुडाँडा बाहुनधारा सडक खण्डमा निर्माण भईरहेको साइड ड्रेन, फुटपाथ निर्माण, ब्लक छाप्ने कार्य, रेलिङ्गको राखिएको सम्वन्धमा जनप्रतिनिधिको टोलीले निरिक्षण गर्नु हुँदै प्रगतिको बारेमा जानकारी लिनु भयो । वडाको सिफारिसमा संघीय सांसद सन्तोष चालिसेको पहलमा झण्डै १ करोड ३५ लाख बजेटमा सो निर्माण कार्यहरु भईरहेको अध्यक्ष सुवेदीले जानकारी दिनु भयो । यसैगरी बिहिवार नयाँबस्ति युवा क्लब परिसर, क्लबबाट पूर्व तर्फको बाटोमा नयाँ ढलान तथा ढल व्यवस्थापन बारे निरिक्षण भएको छ । आजै बाहुनधाराको भित्रि गल्लिमा नयाँ ढलानका लागि निरिक्षण गर्ने कार्य समेत हुने वडा सदस्य लक्ष्मी पुडासैनीले जानकारी दिनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…