नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना
भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ ।
जारी सूचनामा नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्न अनुरोध गरिएको छ ।
छात्रवृत्तिका लागि भदौ महिना भित्रमा निवेदन दिनु पर्नेछ । छात्रवृत्ति पाउन नगरपालिकाको स्थायी बासिन्दा भएको हुनु पर्नेछ ।
बिहिवार नगर प्रमुख दिपक रिसालले जारी गर्नु भएको सुचनामा भनिएको छ– गोकर्णेश्वर नगरपालिकाको आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम अनुसार नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत यस नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले २०८१ भाद्र मसान्त सम्ममा यस नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
यसैगरी दरखास्तका साथमा गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा भएको हुष्टि हुने आधार गोकर्णेश्वर नगरपालिकाको स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र र अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पेश गर्न समेत अनुरोध गरिएको छ ।