SamwadKhabar logo

               

वाग्मती प्रदेश

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने

प्रमिला भुजेल

प्रमिला भुजेल

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने
माघ ११, काठमाडौं । आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिए । आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको थियो । मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने आयोगले बताएको छ । राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले भाग नलिने उनको सचिवालय स्रोतले जनाएको छ। गत मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन्। उपप्रमुख सुनिता डंगोल भने निर्वाचनमा भाग लिन हेटौंडा पुगिसकेकी छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…