SamwadKhabar logo

               

वाग्मती प्रदेश

बाटुलेसिम खानेपानी आयोजनाको नगरप्रमुख दीपक रिसालद्वारा निरीक्षण

प्रमिला भुजेल

प्रमिला भुजेल

बाटुलेसिम खानेपानी आयोजनाको नगरप्रमुख दीपक रिसालद्वारा निरीक्षण
माघ १५, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिर क्षेत्रमा बनिरहेको बाटुलेसिम खानेपानी आयोजनाको नगर प्रमुख दिपक रिसालले निरीक्षण गर्नु भएको छ । शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा ४ किमि भित्र रहेको स्यालमति खोलाबाट सुन्ताखानसम्म खानेपानी ल्याउन आयोजनाको कार्य भइरहेको छ । शनिवार गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले सो आयोजनाको कार्यप्रगतिको स्थलगत निरीक्षण तथा मुहान क्षेत्रका अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले २ वर्षमा सबै नगरवासीलाई घर घरमा खाने पानी पुर्याउने प्रतिबद्धता अनुसार कार्य भइरहेको भन्दै खुसी व्यक्त गर्नु भयो । यस खानेपानी आयोजनाबाट गोनपा ३ अन्र्तगत साविक बालुवा गाविस अन्र्तगतका वडा नं. १ र २ का सुन्ताखानको पिप्ले, डाँडाघर, डरेटोल, बेशीगाउँ लगायतका क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् । बस्तिबाट साढे ४ कि.मि. टाढाबाट पाइपलाइनमार्फत आउने पानीले ४०० घरधुरी लाभान्वित हुने छन् । अफ्टेरो भु–बनौट भएको स्थानमा भएको कार्य प्रगतिको सन्दर्भमा रिसालले आयोजना निर्माण समितिका पदाधिकारी, प्राविधिक र श्रमिकहरुको प्रशंसा गर्नु भयो । खानेपानी योजनामा स्थानीय समितिले श्रमदान गरिरहेको छ । पुष ४ गतेबाट शुरु भएको खानेपानी योजना निर्माण कार्यमा जटिल भु–बनौटका बाबजुद पनि दैनिक आवश्यकता अनुसार १०–१८ जनासम्म खटिएर काम भईरहेको समितिका अध्यक्ष पवन विष्टले बताउनु भयो । बाटुलेसिम खानेपानी आयोजना नगरपालिकाको २० लाख आर्थिक सहयोगमा निर्माण भईरहेको छ । नगर प्रमुख दिपक रिसाल, बाटुलेसिम खानेपानी व्यवस्थापन उपभोक्ता समितिले निर्माण गरिरहेको योजनाको निरिक्षणका लागि समितिका पदाधिकारी, प्राविधिक, सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल विष्ट, स्थानीय सहितको टोली सहित योजनाको निरिक्षणमा जानु भएको थियो । आयोजना अन्तर्गत अहिले झण्डै २ किमि वरसम्म पानी आईसकेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…