SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वर-५ मा वागमति किनारमा जापानको राष्ट्रिय फुल “साकुरा” हुर्काइदै

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर-५ मा वागमति किनारमा जापानको राष्ट्रिय फुल “साकुरा” हुर्काइदै
माघ १५, काठमाडौं । जापानको राष्ट्रिय फुल “साकुरा” जोरपाटी नयाँबस्तिमा बागमति किनारमा रोपिएको छ । जापानको भन्दा फरक हावापानि भएको स्थानमा साकुरा हुर्काउन सजिलो छैन । साकुरालाई राम्रोसँग हुर्काउन धेरै मिहिनेत गर्नुपर्छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित पहेलो पुलमा शनिवार  बागमति किनारमा रोपिएको “साकुरा”को बोटको गोडमेल गरिएको छ । शनिवार जाइकाको विज्ञ सहित साकुराको गोडमेल तथा साकुराको बोटमा पानी राख्ने, बोट सिधा पार्ने कार्यहरु गरिएको छ । साकुरा हुर्केर फुल्न थालेपछि पहेलो पुल क्षेत्रको पहिचान र नाम नै साकुराको नाममा चिनिने नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण सुवेदिले बताउनु भयो । वडाको सौन्दर्यीकरणका लागि नगरपालिका र वडाले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी काम गर्ने सुवेदिले बताउनु भयो । वागमति सरसफाइ तथा साकुराको गोडमेल कार्यमा नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा सदस्यहरु लक्ष्मी पुडासैनी, श्री बहादुर योगी, धर्म थिङ लामा, माथिल्लो बागमति सरसफाइ अभियानका अभियन्ताहरु, पुडासैनी मैत्री समाजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । नयाँबस्ति पहेँलो पुल बागमति किनारमा जाइकाको सहयोगमा ६२ बोट साकुरा सारिएको छ भनें साकुराको बोटको संरक्षण र सिँचाईका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को सहयोगमा पाइप लाइन जडान, बोटको सुरक्षाको लागि ग्रिल जालीको बार राख्ने तथा बारमा रंगरोगन गर्ने कार्य भएको नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिनु भयो । जापानिज भाषा स्कुल संघ नेपाल (जलसन) को सहयोगमा गोकर्णेश्वर नगरपालिका, वडा कार्यालय, पुडासैनी मैत्री समाज लगायतको संयुक्त समन्वयमा साकुरा पार्क निर्माण गर्ने उदेश्यले वागमति किनारमा डेढ वर्ष अगाडि साकुराको बोट सारिएको हो । यसैगरी, माघ १३ गते शनिवार जनप्रतिनिधिको उपस्थितीमा साकुराको स्याहारको साथै बागमति सरसफाईको ५१९ औं हप्ताको कार्य समेत भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…