SamwadKhabar logo

               

कला / साहित्य

सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त

Pramila Bhujel

Pramila Bhujel

सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त
माघ १५, काठमाडौं । विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार)हरू सरस्वतीका मूर्ति बनाउनमा व्यस्त भएका छन्। वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो । वसन्तपञ्चमीको पूजामा सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले जिल्लाका कालिगड मूर्ति बनाउन व्यस्त भएका राजीव महतोले जानकारी दिए । उनका अनुसार विद्यालयहरूमा सरस्वतीको मूर्तिको माग बढी भएकाले यहाँका कालिगड मूर्ति बनाउन व्यस्त छन् । मूर्तिको आकार हेरेर मूल्य तोकिने भएपनि एउटा मूर्तिलाई दुई हजारदेखि १४ हजारसम्म पर्ने कालिगड रामईश्वर पण्डितले बताए । गणेश पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजालगायत पर्वमा मूर्ति बेचेर करिब तीन लाखसम्म आम्दानी हुने कालिगड पण्डितले जानकारी दिए। मूर्तिकार लक्ष्मी पण्डितका अनुसार विशेष समयमा मूर्तिको माग बढी आउने भएकाले घर परिवारका सबै सदस्य काममा लाग्ने गर्दछन् । खास गरी कुमाल जातिको पुर्खौली पेसा भएपनि पछिल्लो समय समुदायका मानिसले पनि मूर्ति बनाउन थालेका स्थानीय इन्द्र न्यौपानेले बताए। उनका अनुसार अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाका लागि मूर्ति बनाउन दुई महिना अघिदेखि कालिगडलाई सूचना दिने गरेका छन् । विद्यालय बाहिर टोलबस्तीमा गरिने पूजाको लागि भने पूजाको एकदिन अगाडि बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामथ्र्य अनुसार सरस्वतीको मूर्ति छानेर खरिद गर्ने गरिएको स्थानीयवासी गोविन्द अधिकारीले जानकारी दिए। मूर्तिको आकार र प्रयोग गरिएका सामग्रीका आधारमा प्रतिमूर्ति दुई हजारदेखि १५ हजारसम्म मूल्य पर्ने कालिगड सञ्जय रायले बताए । यो पेसाबाट आफू सन्तुष्ट रहेको भन्दै यसबाटै सहजरुपमा जीविकोपार्जन भइरहेको उनको भनाइ थियो । – रासस

ताजा

सबै

१२ वर्षपछि पाकिस्तानमा उपप्रधानमन्त्री विदेशमन्त्री इशाक दार

वैशाख १७, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिए…

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका ला…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

लोकप्रिय

सबै

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

स्वदेश फर्किए कतारका राजा

वैशाख १२, काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दु…

यो पनि

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

फागुन १८, काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘ राष्ट्रिय कल…

म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

माघ १६, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीमा वातावरणमैत्री चोयाका स…