SamwadKhabar logo

               

कला / साहित्य

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

Pramila Bhujel

Pramila Bhujel

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’
फागुन १८, काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘ राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर’ पर्यटन गन्तव्य बन्दै गएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको राष्ट्रिय कला सङ्ग्रहालयले समग्रमा नेपालको विशेषतालाई परिभाषित गर्दछ । सिन्धुली कलाघरमा सिर्जना गरिएको परम्परागत, मौलिक, लोपोन्मुख, रैथाने र आधुनिक कला संस्कृतिको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्दै गएको स्थानीय बताउछन् । कला सिन्धुलीका अध्यक्ष तथा कलाकार नेपालीबाबु सुमनका अनुसार विदाको समयमा दैनिक पाँच सय सम्म अवलोकनका लागि पर्यटक आउने गरेको छ । स्थानीयका अनुसार कलाघर घुम्न आउने पर्यटकलाई एकै पोशाकमा सजिएका कलाघर सिन्धुलीका युवतिले सुरुमा पञ्चेबाजाले स्वागत गर्दछन् । कुनै बेला जात विशेषले मात्र बजाउने पञ्चेबाजा पर्यटन प्रवर्धनमा गतिलो माध्यम बनेको छ । कलाघर सिन्धुलीले सुरु गरेको पञ्चेबाजा संरक्षण अभियानले त्यस क्षेत्रको पहिचान फराकिलो बनाएको छ ।कलाघरमा लोपोन्मुख हुँदै गएका काठका ठेकी, हर्पे, मदानीलगायत काठ तथा बाँसबाट निर्मित पुराना परम्परागत सामग्री, सिन्धुलीलाई चिनाउने जुनारको आकृति, लालीगुराँस, खुला आकृतिमा पञ्चेबाजाका स्तम्भ, पशुपतिनाथको मन्दिर, जानकी मन्दिर, बौद्ध स्तुपा, धरहरा र अन्य कला संस्कृतिले भरिपूर्ण बन्दै गएको छ ।बीपी राजमार्गको सोलाभञ्ज्याङबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै पुगिने कलाघरमा जान पक्की सडक बनेकाले कलाघर सिन्धुली घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको र कलाघरका युवतीले गाउँघरमा हुने विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउन जाने, विभिन्न धार्मिक कार्यमा खैंजडी भजन गाउने तथा नाच्ने र अन्य विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शन पनि गर्दै आएका छन् । सिन्धुलीका अध्यक्ष सुमन थापामगर भन्छन् ‘‘मौलिक कलाको संरक्षण गर्दै नयाँ कलाको आविष्कार गर्ने गरी सांस्कृतिक विद्यालयको रुपमा सिन्धुली कलाघरलाई विकास गर्ने लक्ष्य छ ।’’ थप अध्यक्ष थापामगरले भने ‘‘सिङ्गो देशको कलालाई कलामार्फत कलैकलाले भरिएको घर बनाउने एउटा अभियान हो, जसअन्तर्गत नेपाली मौलिक कलाको संरक्षण गर्ने, सँगसँगै नयाँ कलाको आविष्कार केन्द्रको रुपमा विकास गर्ने योजना छ ।’’

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

फागुन १८, काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘ राष्ट्रिय कल…

म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

माघ १६, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीमा वातावरणमैत्री चोयाका स…