SamwadKhabar logo

               

गण्डकी प्रदेश

बाँदर नियन्त्रण गर्न रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष पाण्डे

प्रमिला भुजेल

प्रमिला भुजेल

बाँदर नियन्त्रण गर्न रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष पाण्डे
माघ १६, काठमाडौं । बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् । वडाध्यक्ष पाण्डेले सोमवार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र आफैं काट्न वडावासीलाई निर्देशन दिएका थिए । उक्त सूचनाको चौतर्फी विरोध भएपछि मंगलवार महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको थियो । वडाध्यक्ष पाण्डेले मंगलवार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना रद्द भएको जानकारी गराएका छन् । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट त्यस्तो अभियान चलाउने कुनै निर्णय नभएकोले रुख काट्ने, फाड्ने नगर्न नगराउन वडालाई जानकारी गराएको उनले बताए । सूचना प्रकाशित गरेसँगै सामाजिक सञ्जालमा वडाध्यक्षको आलोचना भएको थियो । केहीले भने उचित कदम पनि भनेका छन् । धेरैजसोले बाँदर नियन्त्रणका लागि कुनै न कुनै उपाय खोज्नुपर्ने तर्क गरेका छन् । वडाध्यक्ष पाण्डे भने आफ्नो नियत सफा हुँदाहुँदै सूचनामा ‘अभियान’ शब्दका कारण गलत बुझाइ पर्न गएको दाबी गर्छन् । अहिले पनि स्थानीयले घरायसी प्रयोजनका लागि निजी जग्गामा भएका रुख काटिरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले मानव र बाँदर द्वन्द्व नियन्त्रण शीर्षकमा प्रदेश सरकारले वडालाई १५ लाख रुपैयाँ छुट्याएको छ । वडाले उक्त शीर्षकमा ३ लाख रुपैयाँ थप गरेको छ । उक्त रकमबाट वनमा बाँदरका खान्कीजन्य फलफूलका विरुवा रोप्ने वडाको योजना छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…