SamwadKhabar logo

               

वाग्मती प्रदेश

खगेन्द्र नवजीवन केन्द्रको बेथिति र अनियमितताबारे उच्चस्तरीय छानबिन सुरु

प्रमिला भुजेल

प्रमिला भुजेल

खगेन्द्र नवजीवन केन्द्रको बेथिति र अनियमितताबारे उच्चस्तरीय छानबिन सुरु
माघ २२, काठमाडौँ । शनिवारदेखि नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति र अनियमितताबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठनले काम सुरु गरेको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सङ्घको कार्यालयमा शनिवार अनुगमन र निरीक्षण गरेको हो । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको अनियमितता, बेथिति र भ्रष्टाचारको सन्दर्भमा विषय उठेपछि गठित समितिले छानबिन थालेको र स्थलगत निरीक्षणसँगै अन्य विषयमा पनि अध्ययन शुरु भएको छ। समितिले केन्द्रको सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारेमा समेत अध्ययन गर्नेछ । अध्ययन समितिले खगेन्द्र नवजीवन केन्द्रको सम्पूर्ण खर्चको विवरण, निर्णयका माइन्युट पेस गर्नुपर्ने निर्देशन दिएको छ । पदाधिकारीले सङ्घको सम्पत्ति दुरुपयोग गरेको सन्दर्भमा पनि छानबिन समितिले अध्ययन गर्नेछ । खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिकले मङ्सिर पहिलो सातादेखि सङ्घर्ष समिति गठन गरेर एक महिनासम्म तालाबन्दी र धर्नासहित आन्दोलन गरेका थिए । शनिवार जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना सहित समितिले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सङ्घको कार्यालय अनुगमन र निरीक्षण गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…