SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वरमा हेल्थ कार्ड शुभारम्भ : स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वरमा हेल्थ कार्ड शुभारम्भ : स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने
फागुन ४, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ‘गोकर्णेश्वर हेल्थ कार्ड’ शुभारम्भ गरेको छ । फागुन ३ विहीवार गोकर्णेश्वर नगरपालिकाको सभा–हलमा एक कार्यक्रम आयोजना गरि सो कार्डको शुभारम्भ गरिएको हो । हेल्थ कार्डमा नगरवासीको स्वास्थ अवस्थाको जानकारी हुने र क्यु आर कोड स्क्यान गरेपछि नागरिकको स्वास्थ अवस्थाको सम्पुर्ण प्रोफाईल हेर्न सकिने छ । यो सेवा सुरु गर्ने गोकर्णेश्वर नगरपालिका नेपालकै पहिलो स्थानीय तह हो । नगर प्रमुख दीपक रिसालले सेवाबारे जानकारी गराएका छन् ।  मेयर रिसालले नगरवासीहरूको सु-स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा साबित हुने बताए । हेल्थ कार्ड सुरु भएपछि स्वास्थ्य सेवामा जोडिने सेवाग्राही, सेवा प्रदायक स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीहरू, समन्वय र सुपरिवेक्षण गर्ने वडा कार्यालय एवं नगरपालिकाले तोकेका सरोकारवालाहरूलाई एउटै प्रकृतिले जोडेर एक “पालिका स्वास्थ्य प्रणाली र नमुना” बनाउने सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई लिइने मेयर रिसालले जानकारी  दिए । त्यस्ता जानकारी एवम् सूचनाहरू विशिष्ट कृत युनिक हेल्थ आइडीको माध्यमबाट सुरक्षित राख्दै जाने र त्यसमध्ये अत्यावश्यक निश्चित हेल्थ रेकर्ड “क्यु आर कोड”मार्फत् बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्नेगरी “गोकर्णेश्वर हेल्थ कार्ड”को परिकल्पनाबाट सिस्टम तयार गरिएको पनि उनले बताए । हेल्थ कार्ड मेयर लगायत नागरिकलाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । हेल्थ कार्डको बारेमा चिकित्सक डा. सुवास प्याकुरेलले प्रस्तुति दिएका थिए । स्वास्थ्य स्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तहका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, खेलाडी, शिक्षक, रोग अनुसारका बिरामीहरू लगायतलाई फरक फरक कलर कोडिङ गर्न सकिने यस प्रणालीले नगरपालिकाको स्वास्थ्य सेवा प्रवाह र नीति निर्माणलाई तथ्याङ्कपरक तरिकाले व्यवस्थित गर्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…