SamwadKhabar logo

               

राजनीति

भारतीय दूतावासले सोझै २० करोड लगानी गर्ने गलत भाष्य स्थापित गर्न खोजियो : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रमिला भुजेल

प्रमिला भुजेल

भारतीय दूतावासले सोझै २० करोड लगानी गर्ने गलत भाष्य स्थापित गर्न खोजियो : प्रधानमन्त्री पुष्पकमल दाहाल
फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले नेपालमा सोझै २० करोडसम्मका आयोजनामा सोझै लगानी गर्ने भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् । राप्रपा सांसद गीता बस्नेतले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । सांसद बस्नेतले सोधेकी थिइन्, भारतीय दूतावासलाई २० करोडसम्मको आयोजनामा सोझै लगानी गर्न सहमति दिने निर्णय गर्दा यो राष्ट्रको दीर्घकालीन हितसँग सम्बन्धित विषय हो संसद् र राजनीतिक दलहरूलाई छल्न हुन्न भन्ने लागेन ? अब अरु देशले पनि त्यहीँ सुविधा लिन खोजे के हुन्छ ? यस प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले नेपालमा विगत देखि नै साना विकास कार्यक्रममा भारतीय अनुदान प्राप्त हुने गरेको जानकारी दिए । “अहिले उक्त कार्यक्रमको नाम परिवर्तन गरी उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना बनाई प्रति आयोजनाको अनुदान वृद्धि र कार्यक्षेत्र विस्तार गरिएको हो, यसमा दुतावासले सोझै लगानी गर्ने भन्ने भाष्य स्थापित गर्न खोजिएको छ, त्यो गलत हो ।” भारतीय दूतावासले लगानी गर्ने आयोजना सम्बन्धित प्रदेश र स्थानीय तहबाट माग हुनुपर्ने र संघीय सरकारले स्वीकृत गर्नुपर्ने प्रावधान रहेको प्रधानमन्त्रीले बताए । “यस सम्बन्धी आयोजना प्रदेश र स्थानीय तहबाट प्राप्त आयोजना मागको आधारमा सम्बन्धित मन्त्रालयले सिफारिस र प्राथमिकीकरण गरेर मात्र भारत सरकारमा पठाइने र छनौट भएपछि मात्र भारत सरकार, सम्बन्धित मन्त्रालय र सम्बन्धित कार्यान्वयन गर्ने निकायबीच त्रिपक्षीय सम्झौता गरी कार्यान्वयन गर्ने प्रावधान रहेको छ । प्राप्त अनुदान रकम बजेट प्रणालीभित्र आउने र प्रदेश र स्थानीय तहको खातामा रकम प्राप्त भई प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम खर्च हुनेछ,” प्रधानमन्त्रीले भने । नेपालमा अन्य मुलुकहरूले संघरसंस्थालाई दिने अनुदानसमेत समाज कल्याण परिषदको स्वीकृतिमा कार्यान्वयन हुने गरेको प्रधानमन्त्रीले जानकारी दिए । उनले भने, “यसरी आउने अनुदान कुनै एउटा देशको मात्रै लिने भन्ने सरकारको नीति होइन । यस्ता प्रस्तावहरूमा सबैसँग खुलेर छलफल गर्न सकिन्छ । वैदेशिक सहायता लगायत परराष्ट्र सम्बन्धको समग्र पक्षमा संसद् र सबै राजनीतिक दलहरूबीच साझा धारणा कायम गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु । संसद् र राजनीतिक दललाई छल्ने वा छल्न पर्ने कुनै काम सरकारबाट नहुने प्रतिवद्वता पनि व्यक्त गर्दछु ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…