राष्ट्रिय सभा सदस्य बिष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर ५ मा सम्मान
फागुन १५, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर नगरपालिका ५ ले आज सम्मान गरेको छ । मंगलवार नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई दोसल्ला ओढाएर र सम्मान पत्र सहित सम्मान गरिएको हो ।
पुडासैनीलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले सम्मानपत्र हस्तान्तरण गरेर र नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नगर प्रवक्ता नारायण बहादुर सुवेदीले बिष्णुदेवी पुडासैनी धैर्यताको उदाहरण भएको भएको बताउनु हुँदै उहाँलाई सम्मान गर्न पाउनु वडा कै गर्वको कुरा भएको बताउनु भयो । सुवेदीले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिनु भयो । नगर प्रमुख दिपक रिसालले नगरवासीको चाहना अनुसार पालिकाले विकासका कार्यहरुमा जोड दिएकोले शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा दीर्घकालिन उदेश्य सहित कार्य भईरहेको बताउनु भयो ।
मेयर रिसालले महिला शसक्तिकरणको क्षेत्रमा पुडासैनीले पु¥याउनु भएको योगदानको प्रसंसा गर्नु भयो । सम्मानित व्यक्तित्व एवं राष्ट्रिय सभा सदस्य पुडासैनीले यो सम्मानले आफुलाई अगाडि बढ्न होसला दिनुका साथै जिम्मेवार बनाएको बताउनु भयो ।
नगर प्रमुख रिसाललको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा सदस्य लक्ष्मी पुडासैनीको सभापतित्वमा भएको थियो ।
कार्यक्रमलाई कांग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा बराल, वडा सदस्य श्री बहादुर योगी, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, नेपाली कांग्रेस काठमाडौं ३ प्रदेश (क)का उपसभापति केशव पुडासैनी, महिला नेतृ लिला भट्टराई लगायतले सम्वोधन गर्नु भएको थियो ।