SamwadKhabar logo

               

गण्डकी प्रदेश

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक शिक्षकद्वारा तालाबन्दी

प्रमिला भुजेल

प्रमिला भुजेल

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक शिक्षकद्वारा तालाबन्दी
फागुन १८, काठमाडौं । शुक्रवार बिहान मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरुले अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् । शिक्षकहरु अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको आन्दोलनरत आंशिक शिक्षक श्याम थापाले जानकारी दिए । ‘हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेर पढाउन थालेको १० वर्ष बित्यो । सेवा आयोगले पनि परीक्षा पनि लिएको छैन्,’ थापाले भने , ‘त्यसैले हामी आन्दोलिन हुँन बाध्य भयौं । मागहरु पूरा नभएसम्म आन्दालन जारी राख्ने शिक्षकहरुको भनाइ छ । शिक्षकहरुले आफनो समस्यालाई सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अनुरोध समेत गरेका छन् । उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा फागनु १५ गते आफ्नै निवासभित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठक बसालेर व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु समेत गरेको आंशिक शिक्षकहरुको आरोप छ । झुटो आश्वासन र बन्द कोठाभित्रको स्वार्थ केन्द्रित निर्णयहरुले आफूहरुलाई आन्दोलित बनाउन बाध्य बनाएको आंशिक शिक्षकहरुले बताएका छन् । शुक्रवार दिउँसो ४ बजे विभिन्न प्रध्यापक संगठनसंग समन्वयात्मक छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम घोषण गरिने छ । शिक्षक थापाका अनुसार म.प. विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…