SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वर ८ मा ट्राफिक तथा सडक प्रयोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर ८ मा ट्राफिक तथा सडक प्रयोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
फागुन २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा शनिवार आयोजना गरिएको ट्राफिक तथा सडक प्रयोग सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक जनचेतना अभिवृद्धिका लागि गरिएको थियो भनें सो अवसरमा वडाका विभिन्न महिला समुहहरुलाई ट्राफिक नियम सम्वन्धि फ्लेक्स वितरण गरिएको थियो । वडा नं. ८ को सभाहल, बेशीगाउँमा आयोजित कार्यक्रममा ट्राफिक इन्सपेक्टर लेख नाथ मैनालीले ट्राफिक नियमबारे सचेतनामुलक प्रस्तुती राख्नु भएको थियो । मैनालीले ट्राफिक नियमलाई बुझेर अविभावकले आफ्नो परिवारका सदस्यलाई राम्ररी बुझाउनु पर्ने बताउनु भयो । उहाँले ट्राफिक नियम उलंघन गर्नेलाई समुदायले सचेत बनाउन सके नियम तोड्ने मानसिकता भएकाहरु पनि सच्चिन बाध्य हुने बताउनु भयो । वडा अध्यक्ष नन्दलाल श्रेष्ठले विकास भनेको भौतिक प्रगतिमात्र नभएकोमा जोड दिनु हुँदै सवारी साधन प्रयोगकर्ता बढ्दै जाँदा दुर्घटनाबाट भौतिक र मानवीय क्षती बढेकोले सचेतनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रमलाई वडा सदस्य सीता तिमल्सिना, सुमन लामाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य सोविता मिजार, विभिन्न महिला समुहका पदाधिकारी, सदस्य एवम् ज्येष्ठ नागरिक, युवाहरुको उपस्थिती रहेको थियो । यसैगरी कार्यक्रम सञ्चालन वडा सचिव सुदिप हमालले गर्नु भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…