SamwadKhabar logo

               

वाग्मती प्रदेश

बागमती प्रदेशमा पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

प्रमिला भुजेल

प्रमिला भुजेल

बागमती प्रदेशमा पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप
फागुन २०, काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइसकेको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलका अनुसार फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिवारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको छ । हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलले बताए। प्रदेशका सबै जिल्लास्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उनले बताए । पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौँ बाख्रामा खोप लगाइएको तथ्याङ्क रहेको छ । प्रदेशको काभ्रेमा ६४ हजार छ सय ८८, ललितपुरमा १२ हजार सात सय ४७, काठमाडौँमा १४ हजार दुई सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । दोलखामा ५६ हजार नौ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार चार सय नौ, रामेछापमा ४४ हजार पाँच सय २७, सिन्धुलीमा ६४ हजार दुई सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिए । उनका अनुसार मकवानपुरमा ७५ हजार छ सय २८, चितवनमा ४० हजार पाँच सय ६३, नुवाकोटमा ५४ हजार पाँच सय सात, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार छ सय २५ बाख्रामा पिपीआर खोप लगाइएको छ । नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडाबाख्राको मृत्यु भएको छ । रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्याहोर्नु परेकाले विगतका वर्ष झैँ यसवर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक गौरीमान श्रेष्ठले बताए । खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । करिब १५ लाख भेडाबाख्रामा खोप लगाउने लक्ष्यका साथ काम गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…