SamwadKhabar logo

               

वाग्मती प्रदेश

शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
फागुन २१, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पीडितले केही दिनदेखि पिसाब फेर्न गाह्रो भएर रुन थालेपछि २२ माघमा उपचारका लागि नजिकै रहेको मेडिकलमा लैजाँदा चिकित्सकहरुले शंकास्पद रहेको बताएपछि आमाले थाहा पाएकी हुन् । छोरीलाई फकाएर सोधपुछ गर्दा छोरीले १२ पुसमा फूपूको साथी पर्ने आर्यनले आएर जबरजस्ती करणी गरेको बताउँदै भनेकी छन् –‘मलाई चक्लेट दिन्छु भनेर शौचालयमा लगेर शरीरको..... गर्नुभयो र त्यसपछि लुगा लगाएर फेरि कोठामा राखेर कसैलाई नभन्न भन्नुभएको थियो’। पीडितको फूपु चटपटे किन्न पसलमा जाँदा आर्यनले पीडितलाई करणी गरेको पीडितले बताएकी छन् । आरोपी आर्यनले भने प्रहरीसँग अस्वीकार बयान दिएका छन् । पीडितको स्वास्थ्य जाँच परीक्षणमा भने संवेदनशील अंगमा घाउ देखिएको छ । प्रहरीले यो विषयमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…