SamwadKhabar logo

               

राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई ६ मन्त्रालयको जिम्मेवारी

प्रमिला भुजेल

प्रमिला भुजेल

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई ६ मन्त्रालयको जिम्मेवारी
फागुन २४, काठमाडौं । बुधवार सरकारबाट नेपाली कांग्रेस बाहिरिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको ६ मन्त्रालयको जिम्मेवारी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्राप्त भएको छ । ६ मन्त्रालयको जिम्मेवारी पहिला कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएका थिए । सत्ता साझेदार दलको रूपमा रहेको कांग्रेसले बुधवार सरकारको समर्थन फिर्ता गर्दै आफ्ना ६ मन्त्रीको सामूहिक राजीनामा मुख्यमन्त्री जम्कट्टेल समक्ष बुझाएको थियो । उनीहरुले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । जम्कट्टेल नेतृत्वको सरकारका मौजुदा मन्त्रिपरिषद्बाट कांग्रेसका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, स्वास्थ्य मन्त्री उत्तम जोशी र वन तथा वातावरण मन्त्री मसिना खड्काले सामूहिक राजीनामा दिएका थिए । सोहीअनुसार मुख्यमन्त्री जम्कट्टेलले कार्य विभाजन गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पठाएका थिए । मुख्यमन्त्री जम्कट्टेलको कार्य विभाजन अनुसार प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्दै ती मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेल मातहत नै रहने गरी जिम्मेवारी तोकेका छन् । जसअनुसार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्ने छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…