SamwadKhabar logo

               

राजनीति

कांग्रेसलाई प्रचण्डको जवाफ : आफूसँग हुँदा इमान अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

प्रमिला भुजेल

प्रमिला भुजेल

कांग्रेसलाई प्रचण्डको जवाफ : आफूसँग हुँदा इमान अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन
फागुन २४, काठमाडौं । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् ।  समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् । प्रधानमन्त्री ले भने–‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन’, प्रचण्डले भने, ‘‘राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’ नेपाली कांग्रेसको बिहीबार नै बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमान भएको निश्कर्ष निकालेको थियो । ‘म संसदमा भएको कुनै पनि दलसँग अविश्वास आशंका र घृणा होइन । हामी फेरि पनि राष्ट्रिय इस्यूमा मिलेर अघि बढ्नुपर्छ’, उनले भने । कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको र कांग्रेस नेताहरुसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको प्रधानमन्त्री प्रचण्डले बताए । तर राजनीतिमा व्यक्तिगत सम्बन्धको ठूलो अर्थ नहुने उनले बताए । कांग्रेससँगको सहकार्यका क्रममा सरकारले परिणाम दिन नसकेको प्रचण्डले बताए । ‘औसत उपलब्धीको आत्मरितको पिँजडामा म रमाउने अवस्थामा थिइनँ, र अहिले पनि छैन’, उनले भने ‘एक वर्ष कार्यकाल पूरा गर्दा साथीहरुले व्यक्तिहरुको रुपमा त मलाइ माया गर्नुभयो परिवर्तन र सुशासनको पक्षमा जति न्याय गर्नुपथ्र्यो त्यति गर्नुभयो ।’ सरकारको गतिबाट आफू असन्तुष्ट भएको कुरा धेरै पहिलेदेखि भने पनि कांग्रेसबाट सहयोग नपाएको प्रधानमन्त्रीको आशय थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…