SamwadKhabar logo

               

गण्डकी प्रदेश

स्थानीयको चन्दाबाट तनहुँको कालिका मन्दिरमा तामाको छानो

प्रमिला भुजेल

प्रमिला भुजेल

स्थानीयको चन्दाबाट तनहुँको कालिका मन्दिरमा तामाको छानो
चैत्र १, काठमाडौं । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका-७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सम्पन्न भएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सकिएपछि चन्दा दातालाई सम्मान गरिएको छ ।चन्दा सङ्कलन गरी उक्त मन्दिरमा तामाको छानो छाएर चन्दा दातालाई सम्मान गरिएको मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष शम्शेरबहादुर कुँवरले बताए । उनका अनुसार क्यामिन घर भई देश तथा विदेशमा रहेका क्यामिनवासीसँग चन्दा सङ्कलन गरिएको थियो । मन्दिरमा तामाको छानो छाउन करिब रु २१ लाख चन्दा सङ्कलन भएको थियो । त्यसमध्ये रु २० लाख खर्च भएको कुँवरले जानकारी दिए ।‘मन्दिरलाई धार्मिकस्थल बनाउने उद्देश्यले चन्दा सङ्कलन अभियान चलाएका थियौँ, क्यामिन घर भई देशका विभिन्न ठाउँमा रहेका स्थानीयवासीले यसमा सहकार्य गर्नुभयो । हामीले सरकारीस्तरको बजेटको मुख ताक्नुभन्दा स्थानीयवासीबाटै चन्दा सङ्कलन अभियान चलाएका हौँ”, उनले भने । यसअघि मन्दिरमा ढुङ्गाको छानो थियो । तामाको छानो छाइएपछि मन्दिर आकर्षक देखिएको छ । ललितपुरबाट कालीगढ ल्याएर तामाको छानो छाइएको हो । तामाको झल्लरमा बुट्टा कुँदिएको छ । ढोका पनि आकर्षक बनाइएको छ । क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविकका १ देखि ८ वडासम्मको पूजा हुन्छ । पुस र साउन महिनाबाहेक प्रत्येक महिनाको अष्टमीको दिन पूजा गरिने यस मन्दिरमा वडादसैँ र चैते दसैँमा विशेष पूजा गरिँदै आएको छ । पूजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्छ । मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबली दिने प्रचलन रहेको छ । यहाँ पञ्चबली दिँदा इच्छाएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिरमा तीन, चार सय वर्ष पुराना घण्टासमेत अवलोकन गर्न पाइन्छ । साथै मन्दिर परिसरमा दुई हजार चार सय राज्यको पालोमा सुरक्षाका लागि बनाएको गढीसमेत छ । क्यामिन कालिका मन्दिरलाई गोरखा कालिकाको बहिनीसमेत भनिने स्थानीय बताउँछन् । एक हजार दुई सय ३० मिटर उचाइमा अवस्थित क्यामिन कालिका मन्दिर सदरमुकाम दमौलीबाट १४ किलोमिटरको दूरीमा छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् । कुँवरले भने, ‘यस ठाउँ प्रचारप्रसारको अभावमा ओझेलमा परेको महसुस हुँदै आएको छ । हामीले यसको धार्मिक महत्वसहित प्रचारप्रसारमा जोड दिएका छौँ ।’ सदरमुकामबाट नजिक रहेकाले पनि यस ठाउँ गन्तव्यस्थलका रुपमा विकास हुनसक्ने उनको भनाइ छ । मन्दिर परिसरमा गाह्रो लगाई चाइनिज इँटाको टायल लगाउने योजना बनाइएको छ । तर त्यसका लागि आर्थिक अभाव छ । क्यामिन कालिका मन्दिर पूजा तथा संरक्षण समितिका अध्यक्ष इमानसिंह गुरुङले मन्दिरको थप विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने बताए । दसैँको घटस्थापनाको दिन पहिला मन्दिरमा पूजा गरेर मात्र घरघरमा जमरा राख्ने प्रचलन रहेको छ । उक्त मन्दिर चौबिसे राज्यको पालामा स्थापना भएको धार्मिक मान्यता छ । यहाँ विसं १७०० सालको घण्टी भेटिएको स्थानीय बताउँछन् । मन्दिरमा एक ब्राह्मण पुजारी छन् । क्यामिन कालिका मन्दिरसमेत समेटिएको क्यासमिरी पदमार्गलाई प्रवद्र्धनका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरिसकेको छ । तत्कालीन जिल्ला विकास समिति तनहुँले यो मार्गको अध्ययन गरेको थियो। त्यसबेला पदमार्गको अध्ययन गरेर नक्सा तयार पारिएको थियो । व्यास नगरपालिका–७ सादीबैगैँचाबाट सुरु हुने २८ किमी दूरीको पदमार्ग लमजुङको कुन्छासम्म पुगेर टुङ्गिन्छ । पर्यटनविद् हरिसिंह गुरुङले सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले पदमार्ग उपयुक्त रहेको बताए । उनका अनुसार यो पदमार्गमा ७५ प्रतिशत टाकुरैटाकुरोमा पदयात्रा गर्न पाइन्छ। क्यासमिरी जिल्लाका उत्कृष्ट पाँच पदमार्गमध्ये एक हो । जिल्लाको साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्र व्यास नगरपालिका भित्र पर्दछ । –रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…