SamwadKhabar logo

               

कर्णाली प्रदेश

मुगुमा पहिलो पटक बौद्ध शिक्षाको पढाइ हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

मुगुमा पहिलो पटक बौद्ध शिक्षाको पढाइ हुने
चैत्र २, काठमाडौं । मुगु जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केका अनुसार रिम्बोचे हिस्से साम्फो र उनकी पत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा पूजाआजा बौद्ध शिक्षा पढाइ हुने भएको हो । हालसम्म सरकारी निकाय, स्थानीय तहबाट बौद्ध शिक्षाको पढाइको लागि कुनै पहल नभएपछि निजी लगानीमा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो । बौद्ध शिक्षा पढ्नको लागि मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू बर्सेनि ५० देखि एक सय जनासम्म काठमाडौँ र भारत जाने गर्दछन् । नयाँ गुम्बाको निर्माण कार्य पूरा भएपछि छोङ्ढुप पूजाको कार्यक्रममा विधिवत रूपमा गुम्बा उद्घाटन गरिएको छ । नव निर्मित गुम्बाको लागत भने गोप्य राखिएको छ । जिल्ला बाहिर गएर बौद्ध शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था भए पनि अबदेखि आफ्नै ठाउँमा बौद्ध शिक्षा शुरू हुने भएपछि स्थानीय लामा समुदायका मानिसहरू खुशी भएका छन् ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

जाजरकोटमा गाडी दुर्घटना हुँदा २८ घाइते

जाजरकोटमा गाडी दुर्घटना हुँदा २८ घाइते

२६ कार्तिक, काठमाडौं । जाजरकोटमा भएका छुट्टाछुट्टै दुई वटा सवारी दुर्घटनामा २८ जना …

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

२० कार्तिक, काठमाडौं । तिला गाउँपालिका१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकु…

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

१६ असोज, काठमाडौं । घर सजावटका लागि माटो खन्नेक्रममा माथिबाट आएको मोटोको ढिस्कोले …

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमा…