SamwadKhabar logo

               

राजनीति

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : कांग्रेस मन्त्री गगन थापा

प्रमिला भुजेल

प्रमिला भुजेल

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : कांग्रेस मन्त्री गगन थापा

चैत्र २८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’ ।

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने उनले बताए ।

‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने थापाले बताए । सहकारीबाट अर्बौं रकम खानेहरू केही समय अघिसम्म विज्ञका रुपमा भाषण गर्दै हिंडेको देखेको उनले बताए । ‘खाएर जाने मान्छेहरूलाई हेर्ने त निकाय बनेको छ । विभिन्न अड्डाहरू छन् । तर कसैले पनि हेर्दैनन्,’ महामन्त्री थापाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालपछि अनियमितामा मुछिएकाहरूको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…