SamwadKhabar logo

               

दुर्घटना

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो झडपमा खुकुरी प्रहार हुँदा एक जना कीर्तिपुर नगरपालिका–१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठ घाइते भएका छन् । 

पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् । त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका छन् ।

गत जेठ २ गते साँझ ७ बजे नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको थियो ।   ले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो । खुकुरी समेत बरामद भएको छ । उनका अनुसार पक्राउ परेका सुदीप गिरीले खुकुरी प्रहार गरेको हो । तपेन्द्रराज खाती र धनेश्वर खड्काबीचको पुरानो रिसइबीका कारण दुई समूहबीच झडप भएको प्रवक्ता अधिकारीले बताए । 

उनीहरुलाई ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते

धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते

११ भाद्र, काठमाडौं । धादिङको कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका ८ ससा…

तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८

तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८

७ भाद्र, काठमाडौं । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको…