SamwadKhabar logo

               

राजनीति

नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

प्रमिला भुजेल

प्रमिला भुजेल

नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । साथै अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने समेत बताएको छ ।

कांग्रेसले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

आइतवार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि समेत प्रश्न उठाएकाले सोमवार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, कपोलकल्पित र हिंस्रक भएको ठहर गरेको छ ।

बैठकका निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीले आफूमाथि लागेको अभियोग र प्रश्नबाट भाग्न तथाकथित प्रश्न खडा गर्न पाइँदैन । आफूमाथि लागेको प्रश्नको जवाफ दिन जरुरी रहेको बताउँदै उनले भने, ‘आफू शेयर सदस्यका साथै प्रबन्ध निर्देशक हुने, अनि करौडौं रुपैयाँ कहाँबाट आयो थाहा भएन भनेर भाग्न पाइन्छ ?’

आफ्ना नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न समेत चुनौती दिँदै प्रमुख सचेतक लेखकले भने ‘उहाँले जसरी लाञ्छित गर्नुभयो, प्रश्न उठाउनुभएको छ । तपाईं छानबिन गर्नुस्, अनुसन्धान गरेर प्रमाणित गर्नुस्’ ‘गम्भीर लाञ्छना लगाउनुभएको छ, प्रमाणित गर्न सक्नुभएन भने त्यो पनि भोलिको दिनमा व्यहोर्नुपर्ला ।’

सरकारमा बसेका मानिसहरुले जवाफ लिनुको साटो अरुमाथि आरोप लगाएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…