SamwadKhabar logo

               

अर्थ व्यवसाय

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

प्रमिला भुजेल

प्रमिला भुजेल

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

जेठ १३, काठमाडौं । आज आइतवार प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् ।

अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताए। उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताउँदै उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिए ।

अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान रहेको बताए । उनले चालु आर्थिक वर्षको फागुणसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए ।

राजश्व परिचालनमा सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको उनले जानकारी दिए । उनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए । उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए ।

उनले कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९/०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए ।‍

ताजा

सबै

ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग …

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भ…

सौर्य विमान दुर्घटनामा परेकाको आफन्तलाई आजै शव दिइने

साउन ११, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुग…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा…

लोकप्रिय

सबै

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जह…

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्…

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि…

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबा…

यो पनि

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …

सात दिनदेखि अवरूद्ध हवाई उडान आज सञ्चालन

सात दिनदेखि अवरूद्ध हवाई उडान आज सञ्चालन

२५ असार, काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेख…

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

२१असार,काठमाडाैँ।राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवा…