SamwadKhabar logo

               

शिक्षा

बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउनेः शिक्षामन्त्री

प्रमिला भुजेल

प्रमिला भुजेल

बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउनेः शिक्षामन्त्री

जेठ १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताएकी छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बङ्गलादेशमा सिफारिस गरिएका विद्यार्थीहरुमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको बताएकी हुन् ।

बङ्गलादेशले २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनी बङ्गलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि यस सन्दर्भमा सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी दिएकी हुन् । अन्य दुई जनाले भने बङ्गलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने बताइन् ।

समिति बैठकमा बोल्दै उनले भने, ‘‘बङ्गलादेशले हामीलाई नोट पठाएकोबाट स्पष्ट के छ, उहाँहरुले त्यो पत्रमै के लेख्नुभएको छ भने तपाईहरुले पठाएकोमा २२ जनामा १० जना योग्य भएन । हामीले हाम्रो लिङ्कबाट जसले आवेदन गर्‍यो त्यसमार्फत् लिएको हो भनेर बङ्गलादेशले स्पष्ट भनेको छ । जम्मा ३६ जनाले आवेदन गरेको रहेछ । २२ जनामध्ये २० जना हामीले छानेर पठाएका विद्यार्थी र अन्य १६ जना । १६ जनामध्ये बङ्गलादेशले हामीले यो तरिकाले छान्यौँ भनेर बङ्गलादेशले लेखेको छ ।’’

मन्त्री श्रेष्ठले एमबिबिएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरुको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात केही निर्णय गर्न सकिने बताइन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…