SamwadKhabar logo

               

राजनीति

फाइल खोल्ने धम्की नदिन कांग्रेस सांसद बस्नेतको चेतावनी

प्रमिला भुजेल

प्रमिला भुजेल

फाइल खोल्ने धम्की नदिन कांग्रेस सांसद बस्नेतको चेतावनी

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिनुभएको छ । 

बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गर्नुभएको छ । 

एमाले र कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी अहिले प्रतिपक्षमा छौँ। चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्‍यो। चाँडो भन्दा चाँडो सरकारमा जान चाहन्छाँै। यो स्पष्ट कुरा हो। जहाँसम्म संविधानका कुरा छ, लोकतन्त्रको कुरा छ, धर्म निरपेक्षताको कुरा छ। यो काँग्रेसको हिजोदेखिकै कुरा हो, यसमा हामी कतै झुकेनौँ, टुटेनौँ। बारम्बार धोका दिँदा दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन्। काँग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो। प्रधानमन्त्रीज्यु के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ। बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ। उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ। खोलौँ न सबै फाइल खोलौँ। तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ। फाइल खोल्ने धम्की नदिऔँ। ब्ल्याकमेलिङको राजनीतिक नगराँै। काँग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन्।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…