SamwadKhabar logo

शिक्षा

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

संवाद खबर

१० साउन, काठमाडौं । गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्ट आईडी कार्ड (Smart ID Card) शुरु भएको छ ।

बुधवार कक्षा ६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड वितरण गरिएको वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिनु भयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई पनि अर्को चरणमा स्मार्ट आईडी कार्ड दिइनेछ ।

स्मार्ट आईडी कार्डबाट आफ्ना बालबालिकाहरूको बारेमा अभिभावकले जानकारी लिन मिल्ने प्रविधि रहेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नगर प्रमुख दिपक रिसालले स्मार्ट आइडी कार्ड नगरपालिकामा अन्य विद्यालय तथा अन्य क्षेत्रमा समेत लागू गर्दै जाने बताउनु भयो ।

उपप्रमुख सान्नानी लामाले शिक्षाको क्षेत्रमा आधुनिक प्रविधि प्रयोगले विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका, विद्यार्थी, अविभावक सबैका लागि सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर वृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

आज गोकणेश्वर न.पा.का नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा उपप्रमुख सान्नानी लामा, वडा अध्यक्ष जयराम महतको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सो कार्डको सुरुवात गरियो ।

कार्डबाट अविभावकले बालबालिका कतिबेला स्कूल पुगे, कतिबेला स्कूलबाट निस्किए, महिनाभरि कति दिन हाजिर भए जस्ता जानकारि लिन सक्नेछन् । कार्यक्रममा विद्यार्थी, शिक्षक शिक्षका लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जेष्ठताका आधारमा श्रीचन केसीको अध्यक्षतामा भएको थियो । (तस्विर : जुनेली न्युज)

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई क…