SamwadKhabar logo

               

शिक्षा

नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने

१५ साउन, काठमाडौं ।  नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा  ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ पढाइ हुने भएको हो ।

उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन्स अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश गरिएको सिम्रिक भेञ्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ । तीन वटा संस्थाको साझेदारीमा सञ्चालन हुन लागेको यस कार्यक्रमले अब विद्यार्थीहरुलाई अध्ययनकै लागि विदेशिनु पर्ने बाध्यता अन्त्य हुने काठमाडौं विश्वविद्यायका उपकुलपति भोला थापाले बताउनुभयो ।

विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको पाठ्यक्रमले विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण गरिने सिद्धार्थ वनस्थली इन्स्टिच्युटका अध्यक्ष पुष्पराम के.सीले बताउनुभयो । विद्यार्थीहरूले उड्डयन प्रविधिहरू, उपकरणहरू र प्रणालीहरूसहित उड्डयनका विभिन्न पक्षहरूबारे सिक्नेछन् उहाँको भनाइ छ।

जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसाग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका पनि सिक्नेछन् । आगामी असोजको पहिलो साताबाट अध्यापन सुरु हुने ४ वर्षे ( ८ सेमेस्टर हुने) कोर्ष अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई जम्मा ८ लाख ५० हजार शुल्क लाग्ने र विदेशी विद्यार्थीको हकमा १७ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।

‘उड्डयन व्यवस्थापन’ मा भर्नाको लागि २३ अगष्टसम्म रजिस्ट्रेसन समय र ३० अगष्टमा प्रवेश परीक्षाको कार्य तालिका रहेको जानकारी गराइएको छ ।

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई क…