SamwadKhabar logo

               

खेलकूद

काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जित

संवाद खबर

संवाद खबर

काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जित

२० साउन, काठमाडौं ।  काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा शनिवार भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ ले पराजित गरी ऐतिहासिक जित हात पारेको हो । 

नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५१३ ले हरायो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भरिभराउ दर्शकमाझ नेपालले पहिलो सेट सहज रुपमा २५–१८ ले खेल आफ्नो पक्षमा पार्‍यो। तर, दोस्रो सेटमा कमजोर देखिएको नेपाल १२–२५ ले खेल गुमाउन पुग्यो। तेस्रो सेटमा पुनरागमन गरेको नेपालले २५–१७ ले खेल आफ्नो पक्षमा पार्‍यो।

पुनः चौंथो सेटमा खेलमा फर्किएको भारतले १८–२५ ले खेल जित्दै २–२ को बराबरी भएको थियो। निर्णायक मानिएको पाँचौं तथा अन्तिम सेटमा नेपाल १५–१३ ले खेल आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो। यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक बनाएको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ।

दक्षिण एसियाली क्षेत्रमा महिला भलिबलमा भारत सर्वाधिक बलियो टोलीका रुपमा रहँदै आएको छ। नेपालले ५ वर्षअघि स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद ९साग०को फाइनलमा भारतलाई कडा टक्कर दिए पनि पाँच सेटको खेलमा अन्तिम सेटमा खेल गुमाउँदै स्वर्णको अवसर गुमाएको थियो।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…