SamwadKhabar logo

समाचार

बंगलादेशमा हिन्दू बौद्ध र अल्पसंख्यकहरूमाथी अतिवादीको क्रुर आक्रमण

संवाद खबर

संवाद खबर

बंगलादेशमा हिन्दू बौद्ध र अल्पसंख्यकहरूमाथी अतिवादीको क्रुर आक्रमण

साउन २४, काठमाडौं । बंगलादेशको राजधानी ढाकाको चर्चित मिडिया ढाका ट्रिब्युन लेख्छ– बंगलादेशमा सोमबार दिउँसो शेख हसिनाले राजीनामा दिएपछि विद्यार्थी, नागरिक र विपक्षी दलको जनआन्दोलनको क्रममा देशका विभिन्न भागमा हिन्दूहरूलाई निशाना बनाएर भइरहेका हिंसात्मक आक्रमणको मानवअधिकारवादी समूह, प्रतिष्ठित नागरिक र सांस्कृतिक संगठनहरूले भत्र्सना गरेका छन् । यसबाट बंगलादेशमा हिन्दू, बौद्ध र अहमदिया समुदायका घर, व्यवसाय, धार्मिकस्थलमा आक्रमण भएकोले अल्पसंख्यकप्रति क्रुर आक्रमण भईरहेको देखिन्छ ।

बंगलादेशका केही सचेत मानवअधिकारवादी समूहहरुले धार्मिक अल्पसंख्यकहरुको सुरक्षाका लागि तत्काल कदम चाल्न र आक्रमणकारीलाई कारबाही गर्न पनि माग गरेका छन् । बुधबार जारी विज्ञप्तिमा, उनीहरूले हिन्दूका घरहरू, व्यवसायहरू र मन्दिरहरूलाई लक्षित गरी गरिएका आक्रमणलाई साम्प्रदायिक सद्भाव नष्ट गर्ने प्रयास भनेर भनेका छन् ।

यसअघि, संयुक्त राष्ट्र संघ, युरोपेली संघ र अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले अवामी लिगलाई समर्थन गर्ने दर्जनौं व्यक्तिको मृत्यु, तोडफोड, लुटपाट र आगजनी गरी जारी हिंसाको निन्दा गरेका थिए । झण्डै ३० जिल्लामा अल्पसंख्यक समुदायका हिन्दू, बौद्ध र अहमदिया समुदायका घर, व्यवसाय, धार्मिकस्थलमा आक्रमण भएको छ ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीन, सेना प्रमुख, मुख्य सल्लाहकार मनोनीत डा मोहम्मद युनुस, बीएनपी र जमात–ए–इस्लामी नेताहरूले आक्रमणको निन्दा गर्दै प्रहरीलाई अराजकतावादीहरू विरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन् । विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले सोमबार राति बंगलादेशका धेरै भागहरूमा मानिसहरूलाई टोली बनाउन र हिन्दू मन्दिरहरूको सुरक्षा गर्न आग्रह गरेका पनि समाचारमा जनाइएको छ ।

बंगलादेशको जेसोरमा भगरपारा नारिकेलबरियाका अध्यक्ष बाबुल साहको गोदाममा आक्रमण गरी लुटपाट भएको छ भने त्यहाँका हिन्दू समुदायका २२ पसलमा लुटपाट भएको छ भने कैयौँ घरमा तोडफोड र लुटपाट भएको छ ।

यसैबीच, जेसोर जिल्लाको बेजपारा बनानी सडकमा हिन्दु समुदायमा कैयौं घरमा लुटपाट र तोडफोड भएपछि हिन्दु समुदायमा डर छ । सोमबार राति तोडफोड र आक्रमण भएको थियो । यस क्षेत्रमा कम्तीमा २०० हिन्दू परिवार बसोबास गर्ने स्थानीयले बताएका छन् । अहिले हरेक घरका मानिसले रातिको समयमा पहरा दिइरहेका छन् ।

सोमबार राति तोडफोड भएको उक्त क्षेत्रका गोविन्द साह आफ्नो घर अगाडिको झ्यालका भाँचिएका सिसा सफा गर्दै गरेको बुधबार भ्रमणका क्रममा देखिएको थियो । सोमबार राति ९ः३० बजे करिब २०–२५ जना अपरिचित समुहले छुरा र लाठीले घरमा आक्रमण गरेको साहले बताए ।

“परिवारका हामी सबै घर भित्र भेला भयौं र झ्यालबाट सबै कुरा हेर्यौं । करिब १० जनाले मेरो घरको मुख्य गेट तोड्न खोजे । पछि उनीहरूले झ्यालको सिसा इँटाले हाने,’ उनले भने ।

शंकरकुमार मल्लिकको घरका भाडामा बस्ने विप्लव कुण्डुले भने, ‘घरमा हमला भएपछि हामी राति निगरानी गरिरहेका छौं, डरले महिला–पुरुष दुवै राती निदाउन सकेनन् । यसैगरी सोमबार राति लक्ष्मी रानीको घरमा पनि आक्रमण गरी गहना लुटिएको थियो ।

राति ९ बजेतिर २० देखि २५ जनाको समूहले घरभित्र पसेर तोडफोड गरेको स्थानीयले बताएका छन् । लक्ष्मी रानीको घाँटीबाट हार खोसेको विरोध गर्दा आक्रमणकारीले बुबालाई कुटपिट गरेका थिए ।

यसैबीच टाउकोमा राष्ट्रिय झण्डा र हातमा लठ्ठी बोकेका अपरिचित समूहले जेसोर सदर उपजिल्ला अवामी लिगका अध्यक्ष मोहितकुमार नाथका छोरा पार्थप्रतिम नाथको कम्प्युटर स्टोरमा आक्रमण गरी लुटपाट गरेका छन् । सो क्रममा अपहरणकारीले पसलबाट कम्प्युटर, ल्यापटप, एयर कन्डिसनर, राउटरलगायतका सामग्री लुटपाट गरेका थिए ।

जेसोरका प्रहरी उपरीक्षक मसुद आलमले कानून र व्यवस्थाका सम्बन्धमा आत्तिनुपर्ने कुरा नभएको बताएका छन् । पुलिस थप आक्रमण हुन नदिन सतर्क रहेको बताए पनि पिडितहरुले जिहादीको डरले प्रहरीले सुरक्षा दिन नसकेको बताएका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि