SamwadKhabar logo

समाचार

युनुस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने

संवाद खबर

२४ साउन, काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस स्वदेश फर्किनुभएको छ । विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ फ्रान्सको पेरिसबाट उहाँ दुबई हुँदै स्वदेश फर्किनुभएको हो । 

ढाका विमानस्थलमा उहाँलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरू पुगेका थिए । विमानस्थलमा पत्रकारहरुले उहाँलाई ‘कस्तो महसुस भइरहेको छ’ भनेर सोध्दा जवाफमा उहाँले  ‘आफू आभारी रहेको’ बताउनुभयो ।

पत्रकारहरुसँग युनसले  ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउँदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गर्नुभयो । साथै, उहाँले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताउनुयो । 

स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नु परेको थियो ।

यसपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन नेतृत्व लिएको थियो । प्रधानमन्त्री हसिनाले देश छाड्दा युनुस ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिसमा हुनुहुन्थ्यो ।  पेरिसमै भएका बेला विद्यार्थीहरुले स्वतन्त्र चुनाव गराउन उहाँको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका थिए ।

उनीहरुले सेनाको समर्थन वा सेनाले बनाउने सरकार आफूहरुलाई मान्य नहुने भन्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको माग राखेपछि सेना पनि सहमत भएको थियो । -रासस

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि