SamwadKhabar logo

समाचार

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

संवाद खबर

संवाद खबर

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

११ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच द्विपक्षीय वार्ता भएको छ । आज मंगलवार परराष्ट्रमन्त्री राणा देउवाको निमन्त्रणामा सोमवार नेपाल आउनुभएको ओमानका विदेशमन्त्री हमुद अल बुसाइदीबिच  नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा वार्ता भएको हो । 

उहाँले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयमा कुरा गरेको र दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो ।

वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गर्नुभएको थियो । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उहाँले आग्रह गर्नुभयो । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताउनुभएको थियो ।

त्यस्तै, परराष्ट्र मन्त्री डा. राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजारभन्दा अग्ला हिमालहरू एवम् विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरूमा संयुक्त रूपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गर्नुभएको थियो ।

वार्तामा मन्त्री डा. राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्रीमार्फत ओमान सरकार त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको थियो । 

उहाँले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहरूमा कुरा गरेको र दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो । उहाँले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि मन्त्री डा. राणाले बताउनुभयो । 

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि