SamwadKhabar logo

               

विविध

काठमाडौंमा तीन मोटरसाइकल चोर पक्राउ

संवाद खबर

संवाद खबर

काठमाडौंमा तीन मोटरसाइकल चोर पक्राउ

१३ भाद्र, काठमाडौं । काठमाडौँको चाबहिल  र स्वयम्भूबाट मोटरसाइकल चोरी गर्ने तीनजना चोरहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोट घर भई काठमाडौँको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३० वर्षीय सूर्यबहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो । 

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९०  नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९० १९ राखी चलाइरहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यसै गरी वास्तविक नम्बर सुदूरपश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ७७ १५ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी शर्मालाई पनि हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश ०१ ००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डडेल्धुराको परशुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बरसिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए । रासस

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ द…