SamwadKhabar logo

समाचार

सुनसरीमा २८८ परिवारका पुनः स्वधर्ममा फिर्ता

संवाद खबर

संवाद खबर

सुनसरीमा २८८ परिवारका पुनः स्वधर्ममा फिर्ता

भदौ १६, काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले सुनसरी देवानगञ्जमा २८८ परिवारका १४२१ जना महिला पुरुषलाई पुनः स्वधर्ममा फिर्ता गरेको छ । परिषद्ले शनिवार विधिवत् होम पूजा गरि पुनः स्वधर्म संस्कृतिमा जोडेको हो ।

परम्परागत संस्कृति र हिन्दू धर्मबाट धर्म परिवर्तन गरि इसाई र अन्य धर्ममा गएकाहरुलाई परिषदले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै स्वागत गरेको हो । उनीहरुलाई पुष्प, अक्षता छर्केर स्वागत गरिएको थियो ।

श्रीकृष्ण मावि छेउको मैदानमा भएको कार्यक्रममा विभिन्न राजनैतिक तथा धार्मिक अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । स्वधर्म संस्कृतिको महत्व बुझाउन प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, हिन्दू धर्मको रक्षाका महायज्ञ लगाएको बताए । शिक्षा, संस्कृति, साहित्व र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने उनले बताए ।

हिन्दु स्वयंसेवक संघ नेपालका सहसचिब महेन्द्र साहले सनातन धर्मको संरक्षण र रक्षाको लागि एक जुट भएर अगाडी बढेको सन्देश दिन गाउँ–गाउँमा महायज्ञ लगाएर अगाडी बढने बताए । देवागञ्चमा भएको जस्तै महाज्ञ अन्य ठाउहरुमा पनि हुने उनले बताए । पछिल्लो समय नेपालमा संस्कृत विषयको अध्ययन र गुरुकुल पद्दतिको पढाइमा वृद्धि भएकोप्रति खुसी समेत व्यक्त गरेका छन् ।

विश्व हिन्दू परिषद नेपाल,देवानगञ्जका अध्यक्ष समर किशोर मेहताको सभाध्यक्षमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता,देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता,विश्व हिन्दू परिषदका राष्ट्रिय संगठन मन्त्री प्रल्लाद कुमार रेग्मी,हिन्दूवादी अभियन्ता तथा पत्रकार कौशल निरौला,अरविन्द मेहता,व्रह्मदेव मेहता लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि