SamwadKhabar logo

               

खेलकूद

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

संवाद खबर

संवाद खबर

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ । आइतवारको नेपाल-भारतबीचको सेमिफाइनल खेलमा टिकट बेच्नेक्रममा हेलचक्र्याइँ भएको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले फाइनल खेलमा अनलाइनमार्फत टिकट किन्न नपाइने व्यवस्था गरिएको हो । 

प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उहाँको भनाइ छ ।

बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । 

यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ । एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो ।

फिफा नियमअनुसार र‌ंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्ने नियम छ । तर नेपाल-भारतबीचको सेमिफाइनल खेलमा टिकट बेच्ने जिम्मा लिएको कम्पनीले हेलचक्र्याइँ गरेको एन्फाको ठहर छ ।  खेल आधा हुँदासम्म टिकट बिक्री भइरहेको यो असाध्यै ठूलो कमजोरी भएको एन्फा टुर्नामेन्ट डाइरेक्टर मिश्रले बताउनुहुँदै फाइनल खेलमा त्यस्तो हुन नदिने जानकारी दिनुभयो ।

ताजा

सबै

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत य…

रेड पान्डाको छालासहित एक जना पक्राउ

१४ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिका२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु…

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ कार्तिक, काठमाडौं । गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना…

कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमा करेसाबारी

१४ कार्तिक, काठमाडौं । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ…

लोकप्रिय

सबै

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले गरे आत्माहत्या

१२ कार्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरा…

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बं…

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

१४ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फ…

यो पनि

काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज ह…

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

१४ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फ…

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बं…

साफ वुमन्स च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

साफ वुमन्स च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

१२ कार्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप२०२४ को उपाधिका लागि नेपाल र बंगलादे…