SamwadKhabar logo

               

धर्मशास्त्र

धर्म, संस्कृतिकाे र विकास प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिका

संवाद खबर

संवाद खबर

३० माघ, काठमाडौँ / धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिकाले ५ वर्षे याेजना बनाएकाे छ । बहुसांस्कृतिक समुदायकाे बसाेबास रहेकाे यस नगरपालिकामा धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि ५ वर्षे याेजना अन्तर्गत रू. १५१,५२२,००० अनुमानित लागत छुट्याइएको नगरपालिकाले बताएको छ । ऐतिहासिक एंव पुरातात्विक स्थलकाे संरक्षण गर्न हरेक आर्थिक वर्षमा नगरभित्र रहेका मन्दिर, देवल, गुम्बाहरू आदिमा प्राथमिकिकरण गरी वर्षमा ५ वटा जिर्णाेद्धार मर्मत र सम्भार, र ५ वटा साैन्दर्यकरणकाे कार्य गर्ने याेजना रहेकाे छ । यस कार्यका लागि ५ वर्षे कुल अनुमानित रकम रू. २४,४२०,००० रहेकाे छ । धार्मिक तथा सांस्कृतिक संस्था वा समूहहरूकाे संस्थागत विकासमा सहयाेग गर्नका लागि वार्षिक १० वटा कार्यक्रम संचालन गरिने र परम्परागत धर्म, संस्कृति, लिपी आदिकाे विकासमा जाेड दिइ प्रमुख जनजातीहरूकाे भाषा, लिपि र संस्कृतिकाे खाेज, अनुसन्धान र प्रकाशन गरी सुधार गर्ने कार्य समेत धर्म तथा संस्कृतिकाे उपक्षेत्र भित्रकाे परिणात्मक लक्ष्य रहेकाे नगरपालिकाले बताएको छ। नियमित रूपमा सञ्चालन भएका स्थानिय चाडपर्व तथा जात्रालाइ नियन्तरता दिनका लागी ५ वर्षसम्म वार्षिक १ पटक रू. १,५००,००० देखी रू. २,१९६,००० सम्म प्रदान गरिने र नगरभित्र ५ वर्षमा २५ वटा क्रियापुत्री भवन निर्माणका लागी रू. ६१,०५१,००० लाग्ने अनुमान रहेकाे छ भने नेपाल तामाङ्ग घेदुङ्गकाे भवन निर्माणका लागि रू. ५,०००,००० अनुमानित लागत छुट्याइएको छ । यसका साथै, सबै धर्म र संस्कृतिकाे संरक्षण गरि बूढानीलकण्ठमा धार्मिक पर्यटनकाे प्रवर्दन गर्ने याेजना समेत रहेकाे छ /

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…