SamwadKhabar logo

               

अन्तर्वार्ता

नयाँ–नयाँ खोज आविष्कारको कार्य गर्दै राष्ट्रिय आविष्कार केन्द्र

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

नयाँ–नयाँ खोज आविष्कारको कार्य गर्दै राष्ट्रिय आविष्कार केन्द्र

अन्तरवार्ता

[caption id="attachment_224" align="alignright" width="110"] अध्यक्ष महावीर पुन[/caption]

त्रिभुवन विश्वविद्यालय परिसर भित्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल  कार्यालयर हेको छ । पछिल्लो समयमा यसको चर्चा देश विदेशमा समेत पुगेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा आएको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो नियमित आविष्कारका कार्यहरू गरिरहेको छ । नयाँ–नयाँ खोज आविष्कारका कार्यहरू गरिरहेको छ । कतिपय उत्पादन गरेका यन्त्रहरू नेपाली बजारमा पुगिसकेका छन् । जोश र जागरका साथ कार्य भइरहेको देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनज्यूसंग  मोहन श्रेष्ठले समसामयिक विषयमा गरेको अन्तरवार्ताको सम्पादित अंश ।

राष्ट्रिय आविष्कार केन्द्र नेपालको स्थापना र यसको शुरूवाती समयको संघर्षको विषयमा जानकारी गराइदिनुस् न ? राष्ट्रिय आविष्कार केन्द्र नेपाल जानेर बुझेर शुरू गरेको होइन । पैसा भएर शुरू गरेको पनि होइन । कोही कसैले अनुदान दिएर, कुनै सहयोगी एजेन्सीले सहयोग दिएर खोलेको होइन । देश विकासको लागि, देशलाई समृद्ध बनाउनको लागि, आर्थिक रूपमा समृद्ध बनाउनको लागि अनुसन्धान आविष्कारको आवश्यकता पर्दछ । कुनै पनि विकास गर्न व्यवसायीकरण हुनु पर्दछ, जसले देश आर्थिक रूपमा समृद्ध हुन सक्छ । आर्थिक विकासको लागि अनुसन्धानमा विकास गर्नुपर्छ भन्ने कुरा हाम्रा नेताहरूलाई पनि थाहा छ । थाहा मात्र भएर हुँदैन रहेछ । थाहा भएका कुरालाई गम्भीर रूपमा लिनु फरक कुरा हो ।

त्यसकारणले यो कुरा अनुसन्धान आविष्कार गरेर देशको प्रतिभाशाली जनशक्तिलाई प्रयोग गरेर देशमा नै विदेशबाट आयात हुने कुनै पनि चीजहरू सकेसम्म देशमा नै त्यस्ता चीजहरू उत्पादन गरेर व्यापार घाटा घटाउन सकियो भने निर्यात चीजहरू बढी हुन्छ । निर्यात बढाउन सके रोजगारीको पनि सिर्जना हुन्छ जसले देश समृद्ध हुन्छ । विश्वका जति पनि देश समृद्ध भएको छ, अहिलेसम्म हामीले समृद्ध देश भन्छौं । ती सबै देशहरू एकै पटक समृद्ध नभई क्रमिक रूपमा समृद्ध भएको हो । अनुसन्धान तथा आविष्कारलाई पहिलो प्राथमिकता दिएमा हाम्रो गरिब देशलाई समृद्धशाली देश बनाउन अनुसन्धान तथा आविष्कार गर्नुपर्ने रहेछ भन्ने कुराको ज्ञान मैले एकदम सोचेर यो काम नजानी–नजानी, नपुगी–नपुगी नै सुरू गरेको हो ।

संघर्ष त पक्कै गर्नुपर्छ, संघर्ष गर्नु भनेको राम्रो कुरा हो । नजानेको कुरा गर्दा, विना स्रोत, साधन शुरू गर्दा संघर्ष त पक्कै गर्नुपर्छ । संघर्ष गर्नु भनेको एकदमै राम्रो विषय हो । किनभने संघर्ष गर्दा धेरै चीज सिकिन्छ । यो सिक्ने राम्रो अवसर पनि हो । उदाहरणको लागि यो आविष्कार केन्द्र कसैले ठूलो अनुदान दिएर विदेशी सहयोग एजेन्सीले अथवा सरकारले अरबौं रूपैयाँ प्राप्त भएर शुरु गरेको होइन । यदि सहयोग गरेको थियो भने संघर्ष गर्नुपर्ने नै थिएन । संघर्ष नगरेको भए सायद बुद्धि आउने थिएन । नयाँ कुरा गर्दा चुनौतिसंगै केही सिक्ने मौका पनि हो । दीर्घकालीन रूपमा देशको आर्थिक विकासमा राम्रो प्रभाव पार्ने काम गर्ने नै यसको मुख्य उद्देश्य हो ।

संघर्ष कार्य गर्दै जाँदा आगामी दिनमा कस्तो खालको चुनौती छ जस्तो लाग्छ ?

यसको मुख्य चुनौती भनेको एउटै हो । सानो–सानो चुनौतीहरू धेरै हुन्छन्, यसको मुख्य चुनौती भनेको देशमा अनुसन्धान तथा विकास गर्ने उद्यमी बन्ने पैसा कमाउने, व्यवसाय गर्ने भन्ने किसिमको संस्कार छैन । यस किसिमको संस्कार नभएका कारण जनता र सरकार कुनैले पनि चासो देखाउदैनन् । मुख्य समस्या भनेको अनुसन्धान विकास गर्ने संस्कार संस्कृति कसरी बसाउने र बसाउनको लागि धैर्य गर्ने । विस्तारै काम गरियो भने संस्कार बनिसकेपछि भविष्यमा अन्य ठाउँमा व्यवसाय खुल्न सक्छ । सबै भन्दा पहिला संस्कार बसाल्नु प¥यो । संस्कार बसाल्नु नै मुख्य चुनौती बन्न पुगिरहेको छ । अर्काे चुनौती भनेको पैसाको समस्या हो । पैसा भनेको ठूलो कुरा भएन । कहीँ न कहीँबाट कुनै न कुनै क्षेत्रबाट आइरहेको हुन्छ । काम गर्ने मान्छे पनि नपाउने कुरा भएन । किनभने यहाँ नेपालमा प्रतिभा भएका थुप्रै छन् । मुख्य कुरा संस्कार बसाल्न गाह्रो देखेको छु मैले ।

देशको शिक्षा प्रणाली बेरोजगारमूलक बन्दै गइरहँदा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने जनशक्तिको थलोजस्तो बनिरहदा हाम्रा शिक्षाप्रेमी एवं शैक्षिक क्षेत्रमा लाग्नेहरूका लागि तपाईको सल्लाह, सुझाव के छ ? शैक्षिक क्षेत्र विद्यालयहरू, विश्वविद्यालय भनेको पढाउने ठाउँ हो । त्यस्ता पढाउने ठाउँ संसारभरी नै छन् । सबैको पढाउने तरिका उस्तै हो । पढाइ सकेपछि उनीहरूलाई एउटा व्यवहारिक किसिमको शिक्षा दिनुपर्ने हुन्छ, त्यस प्रकारको ज्ञान दिन नसक्नु नै कमजोरी छ । व्यवहारिक किसिमका कुराहरू भनेको जति पनि विद्यालयहरू खोल्यौं । समय अनुसार शिक्षा नीति तथा कार्यक्रमहरू परिवर्तन हुँदै जानुपर्छ । आज भन्दा ४०/५० वर्ष नेपालमा मान्छेहरू एकदम निरक्षक थिए । साक्षरहरूको संख्या धेरै थिएन । त्यस कारणले जति सक्दो मान्छेहरूलाई साक्षर बनाउनु आवश्यक थियो ।

विद्यालयहरू खोलेर विद्यालयहरूमा जति सक्दो बालबालिकाहरूलाई ल्याएर उनीहरू साक्षर बनाउने अध्ययन गराउने अभियान थियो । त्यतिबेला त्यो राम्रो थियो । अहिलेको जमानामा साक्षर बनाएर मात्र पुगेन । जमाना अनुसार साक्षर पनि बनाउनुप¥यो, साक्षर बनाउनुको साथ–साथै उनीहरूलाई आफ्नो खुट्टामा आफै उभिने बनाउनको लागि, उद्यमी बनाउनको लागि शिक्षा दिएपछि त्यस किसिमको वातावरण निर्माण गर्ने कार्यमा पटक्कै प्रयास गरिएन । अहिलेसम्म पनि साक्षर बनाउने मात्र प्रयास भएको देखिन्छ । अब यो साक्षर बनाउने भनेको सर्टिफिकेट दिने जस्तो मात्र भयो । पहिलाको जमानामा साक्षर गराउने भन्ने थियो । अहिले प्रमाणपत्र दिने, साक्षर बनाउने होइन कि प्रमाणपत्र, कलेज पढ्यो सर्टिफिकेट दिने भन्ने छ । प्रमाणपत्र भनेको जागिर खानकै लागि मात्र चाहिने जस्तो भएको छ । जागिर खानेहरूले पढेर प्रमाणपत्र लिएर जागिर खाओस् तर कसैले उद्यमी बन्छु भनेर उद्यमी बन्नको लागि प्रमाणपत्रले काम गर्दैन । उद्यमी बन्नको लागि उनीहरूलाई उचित वातावरण दिनुपर्छ । अनुसन्धान आविष्कार गर्ने किसिमको वातावरण बनाई दिनुपर्छ । सरकारले चालेको कदम छ, जो शैक्षिक स्तर अनुसार प्रमाणपत्र राखेर व्यवसायीक रकम भुक्तानी गर्ने भन्ने आएको छ । व्यवसायीक रकम लिएर के कसरी हुन्छ काम गर्ने भन्ने किसिमको वातावरण तयार गर्नु पर्दछ । लोन लिएर यस्तो किसिमको कामहरू गर्ने भन्ने किसिमको तालिम प्रदान गर्नु पर्दछ । सम्वन्धित विषयका बारेमा अनुसन्धान गर्ने वातावरण निर्माण गरिदिनु पर्दछ ।

प्राविधिक तथा व्यवहारिक शिक्षाको उन्नयन, वृद्धि विकास, गरिब जनताका छोराछोरीहरूको पहुँचसम्म पु¥याउन सरकारले के कस्तो भूमिका निर्वाह गर्नु आवश्यक छ ? प्राविधिक शिक्षाको कामहरू अब स्थानीय सरकारले लिनैपर्छ । केन्द्रिय सरकारले खोलेको सिटीइभिटी क्याम्पस विद्यालय जस्तो विभिन्न ठाउँहरूमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन गर्ने कार्य हुनु पर्दछ । प्राविधिक विश्व विद्यालय खोल्ने अथवा विकासका कामहरू स्थानीय सरकारले लिनुपर्छ । किनभने हालसम्म भएका प्रयासले अवश्य पनि पुग्दैन । शिक्षालय खोल्ने तालिम मात्र दिने यस किसिमको मात्र कार्य भइरहेको छ । तालिमहरू जति पनि दिइरहेका छन्, तर तालिमहरू लिएर मात्र केही नहुदो रहेछ ।

प्राप्त गरेको तालिमलाई कही न कही त उपयोग गर्नुप¥यो । त्यस किसिमको वातावरण सिर्जना गरेर रोजगारी दिनु पर्दछ । तालिम दिएर रोजगारको सिर्जना हुने किसिमको कार्यक्रमहरू ल्याउनुप¥यो । नेपालमा तालिम लिएर विदेश जानुले कुनै काम गर्दैन । नेपालमा लिएको तालिम विदेशमा जाँदा विदेशीमा पनि काम लाग्ने किसिमको तालिम हुनुप¥यो । हामीले यहाँ सीप विकासको तालिम भनेर नेपालको लागि उपयुक्त हुने किसिमको तालिम दिने, तर त्यो तालिमले काम नपाएर विदेश जानुपर्ने, अवस्था आउने नेपालमा सिकेको तालिम विदेशमा काम नलाग्ने भयो भने त्यस किसिमको तालिमको कुनै प्रभाव नै हुँदैन। सबै नेपालीहरूका लागि पुग्दो मात्रामा रोजगारीको सिर्जना गर्न अझै २०÷२५ वर्ष लाग्ला । सरकारले तालिमको व्यवस्था गर्दा विदेशमा पनि उपयुक्त हुने किसिमको विभिन्न तालिमहरू दियो भने हाम्रो मान्छेले राम्रो काम पाउँछ । बढी कमाउन सक्छन् भन्ने किसिमको तालिमको व्यवस्था गर्नुपर्छ ।

संघर्ष गरेर प्राप्त गरेको उपलब्धि र संघर्षले चम्काएर महावीर पुन, नामै काफी छ । देश विदेशमा यहाँको चर्चा छ । सम्पूर्ण विद्यार्थीहरूलाई अगाडी बढ्नका लागि तपाईको सल्लाह, सन्देश के रहन्छ ? विद्यार्थीले पढ्नुपर्छ । पढ्ने क्रममा पढेर जागिर खान्छु भन्ने मात्र मनस्थिति बनाउनु भएन । जागिर भनेको त अन्तिम विकल्प हो । शिक्षा हासिल गरिसकेपछि केही सीप नलागेपछि जागिर खाने भनेको अन्तिम उपाय हो । त्यो भन्दा बरू आफैं नै उद्यमी बन्छु । कुनै काम गर्छु भन्ने किसिमको सोचाई विद्यार्थीहरूले अहिलेदेखि नै राख्नुपर्छ । सम्पूर्ण अभिभावकहरूले आफ्नो छोराछोरीहरूलाई राम्रो पढाएमा राम्रो जागिर पाइएला भनेर पढाएको हो । उसलाई उद्यमी बनाउछु भनेर प्रायले पढाएको हुँदैन।

हाम्रा विद्यार्थीहरूलाई मेरो सन्देश के छ भने जागिर खाने भन्ने कुरा अन्तिम अवस्थामा केही सीप लागेन भने मात्र खाने भन्ने हो । उद्यमी हुने किसिमको काम गर्छु । चाहे समाजको फाइदाको लागि होस् चाहे व्यक्तिगत फाइदाको लागि होस् त्यस्तो किसिमको लक्ष्य मनमा राख्नुप¥यो । त्यही अनुसार काम अघि बढ्नुप¥यो । भोली जे–जे हुन्छ त्यही अनुसार गर्ने हो । “मैले पनि अमेरिकाबाट फर्किदा, मैले भने म जागिर नेपालमा खाँदै खाँदिन ।” नेपालमा आएर जागिर खोजिन पनि । जागिर खाएको भए कहाँ अड्केर बस्थे होला । अलि–अलि कमाउथ्यो होला जागिर खाएर के पैसा कमाउनु । जागिर खाएर कसैले पैसा कमाउदैन । जागिर खाएर सानो तिनो घर बनाउला । जिन्दगीभर खानालाई कमाउला र छोराछोरीलाई अलि अलि पढाउला त्यति हो ।

आविष्कार केन्द्रको स्थापनासगैं प्राविधिक क्षेत्रमा खोज, आविष्कार कार्यहरूमा अनुकरणीय कार्य गर्नु भएको छ ? तपाईले प्रेरणादायी भूमिका निर्वाह गर्दैगर्दा बेरोजगारीको अवस्थामा सुधार भएको पाइदैन । शिक्षा नीतिमा नै सुधार गर्नु पर्ने त होइन ? शिक्षासंग सरोकार राख्ने, नीति, नियम बनाउनेहरूले के कस्ता कार्यहरू गर्नु आवश्यक छ ? विद्यालय भनेको शैक्षिक अध्ययन अध्यापन गराउने स्थान हो । जुन विषय पढाउनु पर्ने हो, त्यस किसिमका विषयहरू नियमित पढाउनुपर्छ । प्राथमिक कक्षाका विद्यार्थीहरूलाई सिर्जनशील बनाउने, क्रियटिभ बनाउने, इनोभेटिभ गर्ने किसिमको वातावरण र त्यस्तो किसिमको नीति बनाउनुपर्छ । अहिलेसम्म विद्यालयमा विद्यार्थीहरूलाई क्रियटिभ इनोभेटिभ गर्ने किसिमको वातावरण छैन । थोरै मात्रमा कुनै–कुनै विद्यालयहरूमा एकाध शिक्षकले विद्यार्थीहरूलाई क्रियटिभ बनाउनु प¥यो भनेर विद्यालय स्तरका कही कतैका शिक्षकहरूले कार्य गरेको भेटिन्छ । यस्ता कार्य शिक्षक जाँगरिलो छ भने फाट्टफुट्ट नगन्य रूपमा हुने हो । राष्ट्रिय स्तरमा नै विद्यार्थीलाई सकृय कसरी बनाउन सकिन्छ भन्ने किसिमको नीति नियम बनाउनुपर्छ । पढाइसंगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरूले जोड दिन सके अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीको सर्वाङ्गिण विकासको लागि टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

राष्ट्रिय आविष्कार केन्द्रको आगामी योजनाहरू के–के रहेका छन् ? योजनाहरू बन्दै गर्दा जोश जागर लिएर आउने युवाहरूको क्षमताको व्यवस्थापनका विषयमा के–के चिन्तन गर्नु भएको छ ? हामीहरू योजना बनाएर अगाडि बढ्दै बढ्दैन्यौं । यो सुन्दा अचम्म लाग्न सक्छ सबैलाई । योजना बनाउने भनेको त सरकारले हो । यो वर्षमा कस्तो कार्यक्रम गर्ने भनेर नेपाली संघ, संस्था तथा विदेशी निकायका संघ संस्थाहरूले (एन.जि.ओ, आइ.एन.जि.ओ) ले हो योजना बनाएर अघि बढ्ने भनेको उनीहरूले योजना अनुसार काम गर्ने हो । आविष्कार केन्द्रमा यो वर्षमा यो काम गर्ने भनेर योजना बन्दैन र बनाउन सकिदैन । आविष्कार, अनुसन्धान भन्ने कुरा कुन मान्छेलाई कुन समयमा कस्तो किसिमको चिन्तन आउछ भन्ने थाहा नै हुँदैन। तसर्थ यो वर्षमा यो काम गर्ने भनेर योजना बनाउन सकिदैन ।

अनुसन्धान, आविष्कार भनेको त मान्छेको दिमागमा आएको उपजलाई व्यवहारिक रूपमा ढाल्नलाई यो केन्द्र खोलेको हो । त्यस कारणले यो वर्ष यसरी काम गर्ने यस्तो काम गर्ने भन्ने किसिमको सरकारको योजना र आइ.एन.जि.ओ र एन.जि.ओ.को योजना जस्तो यहाँ योजना बन्दैन । यसमा ढोका खुल्ला हुन्छ । जस्तो किसिमको नयाँ–नयाँ आइडिया आउँछ सोही आइडियालाई समेट्ने भन्ने योजना हुन्छ । कुनै वर्ष एक, दुई वटा योजना आउन सक्ला कुनै वर्ष वीस वटा योजना आउन सक्ला कुनै वर्ष चाँहिं आउदै नआउन पनि सक्ला । त्यही भएर हामीले राष्ट्रिय आविष्कार केन्द्रले के भनेको छ भने कसैलाई कुनै नयाँ आइडिया लिएर कुनै समयमा आयो भने जुनसुकै समयमा पनि यहाँ आएर कार्य गर्न सक्छ । चाहे विद्यार्थी होस् चाहे जो–सुकै होस्, चाहे व्यापारीले होस् किसानले होस्, विभिन्न पेशा गर्नेले सबैले कार्य गर्न सक्छन् । आइडिया आउने बित्तिकै जुन सुकै समयमा एकपटक आविष्कार केन्द्रलाई सम्पर्क गर्नुहोस् । किनभने त्यो आएको आइडियालाई समयमा नै हेरेर छलफल गरिएन भने त्यो हराएर जान्छ । मान्छेको दिमागमा आइडिया त धेरै आउछ । ती आइडियाहरू आउछ, हराउछ । त्यसकारणले भाई बहिनीहरूलाई राम्रो आइडियाहरू आयो भने भनि हाल्नुप¥यो । आइडिया निकाल्दाखेरी व्यवहारिक रूपमा सफल र उद्यमी बन्ने किसिमको आइडियाहरू निकाल्नु पर्दछ । उद्यमी नबन्ने आइडिया छ भने हामी केही पनि गर्दैनौं । व्यवसायीकरण हुने आइडिया ल्याउनु प¥यो, त्यस्तो आइडिया आयो भने जुन सुकै समयमा हामीलाई सम्पर्क गरेर बताउँदा हुन्छ ।

आजको दिनसम्म आविष्कार केन्द्रमा के के कुराहरूको आविष्कार भएका छन् ? आविष्कार गर्ने भनेको विकासको काम हो । भौतिक पूर्वाधार विकास गर्ने काम जस्तो हुँदैनर होइन । एउटा पुल बनाउनुप¥यो भने एक दुई वर्षमा सकिहाल्छ । आविष्कारको काम भनेको लामो समय लाग्न सक्छ । काम गर्दागर्दै हुन पनि सक्छ नहुन पनि सक्छ । कुनै पनि आविष्कार अनुसन्धान भन्ने चीज जति गरिन्छ त्यसको १०÷१५ प्रतिशत मात्र सफलता हुने हो । त्यो सफलताले दीर्घकालीन रूपमा त्यसले राम्रो प्रभाव पार्न सक्छ । आविष्कार केन्द्र शुरू गरेको दुई वर्ष भएको यस दुई वर्षमा के नै हुन सक्छ र । अहिलेसम्मको उपलब्धि भनेको जग बसाल्नु हो । अहिलेको स्थितिमा ४/५ वटा उपकरणका चीजहरू बन्दै छन् । ती साना–तिना कुराहरूको निर्माण हुदैछ । कोरोना महामारीमा १४ किसिमका विभिन्न सामानहरू बनाएर स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरूलाई वितरण गरिरहेको छ । यी साना कुराहरू हामीले सिकिरहेका छौं । तुरून्तै खेतीपाती गरेको जस्तो तुरून्तै यसको प्रतिफल आउँदैन । दुई वर्ष भएको छ, अब हेरौं, यो वर्ष हामीले ३/४ किसिमको सामानहरू बजारमा ल्याउन सकिन्छ कि भन्ने अपेक्षा गरिएको छ । २५/२६ वटा चिन्ताहरूलाई छनोट गरेर त्यस विषयहरूमा काम गरी रहेका छौं । हालसम्म बजारमा गएको भनेको बेबि वार्मर, यो सफलता तर्फ उन्मूख भएको छ । अर्को भनेको सब्जीकोटी भन्ने यन्त्र, तरकारीहरूलाई सुरक्षित राख्ने आइडिया करिब करिब यो पनि सफल नै हुँदैछ । अर्को भनेको चितवनमा कुखुराको दाना बनाउने यन्त्रको चिन्तन पनि सफल नै भयो भनुँ । यस प्रकारका यन्त्रहरू छिट्टै बजारमा जाने किसिमको रहेको छ भने, अबको चार पाँच महिना पछि दुई तीन वटा कार्यको सफलता हुने देखिएको छ, यसरी विभिन्न चिन्तनहरू निरन्तर आउनेक्रम चलिरहेको छ ।

देश विदेशमा रहनु भएका तपाइका सम्पूर्ण शुभचिन्तक एवं देशका नेतृत्वलाई अन्तिमा भन्नुपर्ने सन्देश केही बाँकी छ भने राखिदिनुस न ? नेपाललाई सकेसम्म छिटो समृद्ध बनाउनु आवश्यक छ । सधैं व्यज्वतीमा राख्नु भएन । नेपालको अवस्था हामी सबैलाई थाहा नै छ । विदेशबाट केही समान आएन भने यहाँ केही हुँदैन । विदेश गएन भने यहाँ कसैको मुखमा माड लाग्दैन । कसैको शरीरमा कपडा हुँदैन । यस किसिमको हरिविजोग तालबाट जसरी हुन्छ छिटो भन्दा छिटो नेपाललाई राम्रो अवस्थामा सुधार्दै लैजाऊ । सबै जना गम्भीर भएर मिलेर गम्भीरताका साथ काम गर्ने हो भने २०÷२५ वर्षमा कुनै पनि देशका जनता मिल्ने हो भने इमान्दारीपूर्वक काम गर्ने हो भने नेपाललाई समृद्ध बनाउन सकिन्छ । समृद्ध बनाउन चाहिने मुख्य औजार भनेको अनुसन्धान तथा विकास आविष्कार हो । यो हतियारको प्रयोग गरौं । यो हतियारलाई कसरी राम्रो बनाउने, अनुसन्धानमा विकास गर्ने भन्ने कुरामा सबै जना लागौं भन्ने मेरो अनुरोध सबैलाई छ । कुनै लडाई गर्न जाँदा हतियार नलिइकन लड्यो भने के हुन्छ, जितिन्छ त ? हतियार नलिइकन बारी पनि खनिदैन । हतियार बिना दौरा काटिदैन, त्यसैले कुनै पनि काम गर्नलाई हतियार चाहियो । देशको विकास गर्ने हतियार भनेको अनुसन्धान, आविष्कारको नै विकास हो । हामी बिना हतियार लडिरहेका छौं । समृद्ध बनाउछु भनेर लडि रहेका छौँ । यसले केही हुने देखिदैन, तसर्थ समयमा नै चिन्तन गरौं । साभार: स्टुडेन्स् कन्सेप्ट(छात्र विचार) द्धैमासिक पत्रिकाबाट

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मन…

भारतमा पहिलो पटक छड निर्यात

भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथ…

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ…

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार …