SamwadKhabar logo

               

राजनीति

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसके, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

संवाद खबर

संवाद खबर

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसके, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया
काठमाडाैं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसार अब खारेज नहुनेसमेत उनले बताएका छन्। साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुले नै दर्ता गरिसकेकाले अब खारेज गर्न नमिल्ने बताएका छन्। उनले अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलका लागि निवेदन दिनुपर्ने बताए। यद्यपि, दलको नामका विषयमा सबै ओली–प्रचण्ड र एमाले दर्ता गराएकी सन्ध्या तिवारी तथा माओवादी केन्द्र दर्ता गराएका गोपाल किरातीसँग छलफल गर्न सकिने बताए। ‘हामीले यो बिचमा नेकपा एमाले र माओवादी केन्द्रको नाम अरुलाई दिएर दल दर्ता नै गरिसकेका छौं। यसरी दर्ता भएका दललाई चुनाव चिन्हसमेत दिइसकेका छौं। संविधान र कानुनले दर्ता भइसकेको दललाई खारेज गर्न मिल्दैन,’  उनले भने। आइतबार सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको रिटमा फैसला सुनाउँदै नेकपा उनकै नामको हुने बताएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता नपाउने फैसला सुनाएको थियो। नेकपाको नाम विवादबारे फैसला सुनाउँदै सर्वोच्चले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने निर्णय सुनाएको हो। आइतबार भएको फैसलामा ती दुवै पार्टी अलगअलग राजनीतिक दलकै रुपमा रहने उल्लेख छ। यस्तो अवस्थामा अब दल खोज्दै आउनेलाई नयाँ नाम र चिन्ह लिन सुझाव दिइने समेत प्रमुख आयुक्त थपलियाले बताएका छन्। ‘कि त उहाँहरु (ओली-प्रचण्ड) ले नयाँ नाम लिएर दल दर्ता गर्नुपर्‍याे। कि त ऋषिराम कट्टेलले नेकपा नाम लिएर कुनै एक्टिभिटी गर्नुभएको छैन त्यसैले तपाईसँग मिल्छौं भन्न सक्नुपर्‍यो। यसरी मिले उहाँहरुले नेकपा नाम पाउनु हुन्छ’, थपलियाले भने।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…