SamwadKhabar logo

               

धर्मशास्त्र

१०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति कलमसी भक्तपुरमा बन्दै

संवाद खबर

संवाद खबर

१०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति  कलमसी भक्तपुरमा बन्दै
फागुन २६, काठमाडौँ । भक्तपुरको सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको विशाल मुर्ति बन्ने भएको छ । मंगलवार विजय एकादशीका दिनको सु–अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको आयोजनामा ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धाम सम्म भएको १० औँ शिव पर्वती रथ यात्रामा उक्त मन्दिरको संकल्प पुजा गरी मुर्ति बन्ने घोषणा गरेको हो । लामो समयदेखि निर्माण गर्ने, विभिन्न कार्यहरूको योजना बनाई त्यस क्षेत्रको जग्गा खालि गरी १०८ रोपनी जमिनमा आज विजय एकादशीका दिनको अवसरमा शिव तान्त्रिक गुरू बुद्धि कुमार गुरूज्युले उपस्थिति सम्पुर्ण भक्तजनहरूलाई १००८ शिवलिङग दान गर्नलाई शिवमुर्ती निर्माण हुने स्थलमा संकल्प पुजा गराउनु भएको थियोे । शिव पार्वती रथ यात्राको एक विशेष औपचारिक कार्यक्रममा शिव तान्त्रिक गुरू बुद्धि कुमार ज्यु, प्रमुख अतिथि प्रदेश सभाका संसद कृष्णलाल भण्डेल, विशिष्ट अतिथि मेघा हस्पिटलका निर्देशक किशोर जङ्ग राणा, पशुपति विकास कोषका कोषाध्यक्ष डा.मिलन कुमार थापा, चागुनारायण नगरपालिका प्रमुख सोम मिश्र अतिथिहरूमा वडाध्यक्ष परासर सापकोटा , समाजसेवी ÷व्यवसायी उरगेन तामाङ , निर्माण तामाङ लगायत त्यस क्षेत्रका सामाजिक , धार्मिक एवम् आध्यात्मिक व्यत्तिहरूको विशेष उपस्थिति रहेको थियोे । विगत दश बर्षदेखि निरन्तर रूपमा ललितपुरको बालमुमारि मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वरमा शिव पार्वतीको रथ यात्रा हुदै आइरहेको कुरा आयोजकले बताएका छन । हरेक बर्ष शिवरात्रिको दुई दिन अघि हुने उक्त रथ यात्रामा हजारौं भक्तजनहरू उपस्थिति हुने गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…