SamwadKhabar logo

समाचार

पश्चिम बंगालमा ममता समर्थकबाट लोकतन्त्रको हत्या

देवराज रिजाल

देवराज रिजाल

पश्चिम बंगालमा ममता समर्थकबाट लोकतन्त्रको हत्या
 बैशाख २१, काठमाडौं । पश्चिम बंगालमा निर्वाचन परिणाम पछि व्यापक हिंसा भएको छ । विजय उन्मादमा रहेका तृणमुल कांग्रेस (टिएमसी) का कार्यकर्ताहरुले निर्वाचन परिणामपछि राज्यभर व्यापक हिंसा मच्चाई रहेका छन् । भारतीय जनता पार्टी (भाजपा) का नेता, कार्यकर्ता, समर्थक, मतदाताहरुलाई लक्षित गरी व्यापक आगजनी, तोडफोड, मरणासन्न हुने गरी कुटपिट गरिनुका साथै उनीहरुका पसल र घरहरुमा समेत आगजनी गरिएको छ । भाजपाका नेता कार्यकर्ताहरु लक्षित हिंसामा १० जना व्यक्तिको मृत्यु भईसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भाजपा नेताहरूले टीएमसी समर्थकहरूलाई प्रजातन्त्रको हत्या गरेको आरोप लगाउँदै राज्यमा भएको हिंसाको निन्दा गरेका छन् । भाजपाले उसको कार्यालयमा तोडफोड र जलाएको भिडियो सामाजिक सञ्जालमा साझा गरेपछि भाइरल भएको छ । भाजपाले आरोप लगाएको छ कि दक्षिण परगनामा भाजपालाई भोट दिने र चुनावमा पार्टीका लागि काम गर्ने कार्यकर्ताका २४ घरहरू भत्काइएका छन् । यसै गरी पश्चिम बंगालमा निर्वाचन परिणामहरू पछि व्यापक हिंसाको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । धेरै स्थानहरूमा भएको हिंसाको बारेमा सर्वोच्च अदालतमा जनहित याचिका (पीआईएल) दायर गरिएको छ । यस याचिकामा अदालतले हिंसात्मक घटनाहरूको सीबीआई अनुसन्धानको माग गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका गभर्नरसँग राज्यको घटनाक्रमबारे कुरा गर्दा चिन्ता व्यक्त गरेका छन् । यसै बखत राज्यपालले राज्यमा भइरहेको राजनैतिक हिंसाप्रति आफू सचेततापूर्वक हेरिरहेको बताएका छन् । बीजेपीले ५ मे मा देशव्यापी प्रदर्शन गर्दै त्यस्तै हिंसाको विरुद्धमा बीजेपीले मे ५ मा देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । भाजपा कार्यकर्ताहरूले हिंसाको विरूद्ध विभिन्न जिल्लामा धर्ना दिनुका साथै प्रदर्शन पनि गर्ने छन् । यी विरोध प्रदर्शन कोभिड दिशा निर्देशहरु पालना गर्दै गरिनेछ । हिंसाको खबर पाउने बित्तिकै बीजेपी अध्यक्ष जेपी नड्डाले दुई दिनको बंगाल भ्रमण गर्ने घोषणा गरेका थिए, आज उनी कोलकाता पुगेका छन् । भाजपा नेताहरूले टीएमसी समर्थकहरूलाई प्रजातन्त्रको हत्या गरेको आरोप लगाउँदै राज्यमा भएको हिंसाको निन्दा गरेका छन् । राजनीतिक विश्लेषकहरुले पनि तृणमुल कांग्रेस (टिएमसी) को गतिविधि गैर प्रजातान्त्रिक भएको बताएका छन् । उनीहरुले हिंसा गर्नेहरुलाई सरकारले कडाभन्दा कडा सजाय दिन माग गरेका छन् ।

ताजा

सबै

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत य…

रेड पान्डाको छालासहित एक जना पक्राउ

१४ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिका२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु…

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ कार्तिक, काठमाडौं । गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना…

कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमा करेसाबारी

१४ कार्तिक, काठमाडौं । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ…

लोकप्रिय

सबै

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले गरे आत्माहत्या

१२ कार्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरा…

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बं…

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

१४ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फ…

यो पनि