SamwadKhabar logo

               

राजनीति

गठबन्धन सरकार बनाउन तीन दिनको समय

देवराज रिजाल

देवराज रिजाल

गठबन्धन सरकार बनाउन तीन दिनको समय
देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास, आज विपक्षी गठबन्धनको बैठक, खनाल–नेपाललाई पनि आमन्त्रणप्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएलगत्तै गठबन्धन सरकार निर्माणको प्रक्रिया अघि बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकेकी छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष महन्थ ठाकुरलगायत । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरराष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेमा संविधानको धारा ७६ (३) अनुसार कामचलाउ प्रधानमन्त्री ओली नै पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त हुनेछन् । विपक्षी गठबन्धनले कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको प्रयास गरेका छन् तर बहुमत संख्या प्रस्ट नहुँदा वैकल्पिक सरकार बन्ने सुनिश्चितता भने देखिएको छैन । ओली पदमुक्त भएलगत्तै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकारका लागि संयुक्त प्रयास अघि बढाएका छन् । ओलीले विश्वासको मत गुमाउनासाथ देउवा, दाहाल र यादवले संयुक्त विज्ञप्तिमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार निर्माणका लागि संविधानको धारा ७६ (२) को प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपतिले गठबन्धन सरकार निर्माणका लागि मौका दिएपछि विपक्षीलाई आफ्नो पक्षमा बहुमत जुटाउने चुनौती बढेको छ । एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूह वा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई तान्न सकेमात्रै विपक्षी गठबन्धनमा बहुमत पुग्न सक्छ । खनाल–नेपाल समूहले ओलीलाई विस्थापित गर्न विपक्षी गठबन्धनलाई सघाउने भन्दै सोमबार विश्वासको प्रस्तावमाथिको मतदानमा पार्टी ह्वीप उल्लंघन गर्दै अनुपस्थित भएका थिए । कांग्रेस सभापति देउवाले मंगलबार आफ्नो निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक राखेका छन् । त्यसमा खनाल–नेपाल पक्षलाई पनि आमन्त्रण गरिएको देउवानिकट स्रोतले बतायो । विश्वासको प्रस्तावमाथि सोमबार भएको मतदानको परिणामलाई आधार लिने हो भने देउवा नेतृत्वमा गठबन्धन सरकार बनाउन तत्काल १२ मत नपुग्ने देखिन्छ । प्रतिनिधिसभामा कायम १ सय ७१ मतको बहुमत १ सय ३६ मत पुर्‍याउन सकेमात्रै विपक्षी गठबन्धनले सरकार बनाउन दाबी पेस गर्न सक्छ । सोमबारको मतदानमा विपक्षी गठबन्धनको पक्षमा १ सय २४ मत परेको थियो । देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपाको ठाकुर पक्ष वा एमालेकै खनाल–नेपाल पक्षको भर पर्नुपर्ने भएको छ । ह्वीप उल्लंघन गरे पनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खनाल–नेपाल पक्षका सांसदलाई तत्काल कारबाही नगर्न सक्छन् । खनाल–नेपाल पक्षको एकमात्रै उद्देश्य ओलीलाई विस्थापित गर्ने छ । जसपाको ठाकुर पक्ष नआए विपक्षी गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन खनाल–नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने हुन्छ । राजीनामा नदिईकनै देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेर बहुमत पुर्‍याउन पनि सक्छन् । ओलीले आवश्यक परेका बेला तत्काल कारबाही गर्न प्रक्रिया पूरा गरेर बसेकाले त्यस्तो बाटो जोखिम हुने कांग्रेस नेताहरूको भनाइ छ । ‘अहिलेसम्मको परिस्थिति हेर्दा खनाल–नेपाल पक्षले राजीनामा दिँदा मात्रै वैकल्पिक सरकार बन्ने सम्भावना देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘प्रतिनिधिसभा राख्ने/नराख्ने, ओलीलाई हटाउने/नहटाउने भन्ने निर्णायक भूमिकामा एमालेको खनाल–नेपाल पक्ष देखिएको छ ।’ जसपाको ठाकुर र महतो पक्षले सरकार निर्माणमा पनि आफूहरू संलग्न नहुने उद्घोष गरिसकेको छ । आइतबारै देउवासँगको भेटमा ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको सहयोग नहुने भन्दै सरकार निर्माणमा लागेर जसपा विभाजन गर्ने खेलमा नलाग्न देउवालाई आग्रह गरेका थिए । ‘हामी सत्ताको खेलमा छैनौं, देउवाजीलाई पनि जसपा विभाजन गरेर सत्ताको खेलमा नलाग्न आइतबार भेटेरै भनेका छौं,’ महतोले भने, ‘सरकार निर्माणमा हामीले सहयोग गर्ने कुरै आउँदैन ।’ यादव पक्षले भने ओलीको विस्थापनलाई मुद्दा बनाउँदै आएको छ । कांग्रेस सभापति देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउन पार्टीभित्र छलफल हुने यादवले बताए । ‘हामी अब सघन छलफलमा जुट्छौं,’ उनले भने । संसदीय दलमा ठाकुर र यादव पक्षका दुई/दुई जना सांसद सोमबारको मतदानमा यताउता गरे पनि बराबरी हैसियतमा छन् । प्रधानमन्त्रीले राखेको विश्वासको मतमा पूर्वराजपा धारका नेता महेन्द्रराय यादव र चन्द्रकान्त चौधरी यादव पक्षतिर लागी विपक्षी गठबन्धनमा मतदान गरेका थिए । त्यस्तै यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तव ठाकुर पक्षमा आएर तटस्थ बसे । दुवै पक्षबाट एक/एक जना अनुपस्थित थिए । ठाकुर पक्षका लक्ष्मणलाल कर्णले पक्ष/विपक्षमा मतदान नगर्ने निर्णय भएको र कोरोना संक्रमणका कारण अनुपस्थित भएको जनाएका छन् । यादव पक्षका रुही नाज मतदानमा सहभागी भइनन् । दुवै पक्षबाट दबाब आएको जनाउँदै उनी मतदानमा सहभागी नभएको पूर्वसमाजवादी धारका एक नेताले बताए । ठाकुर वा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई नै प्रधानमन्त्री बन्ने अवस्थामा बाहेक जसपा एक नहुने पूर्वराजपा धारका नेताहरू दाबी गर्छन् । आफ्नो नेतृत्वबाहेकको सरकारमा सामेल हुने वा समर्थन जनाउने पक्षमा कांग्रेस छैन । कांग्रेसले औपचारिक रूपमै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिएको छ । सरकार निर्माणमा पनि जसपा अलग–अलग कित्तामा बाँडिन सक्ने सम्भावना बढी देखिन्छ । पूर्वराजपा धारका नेता राजकिशोर यादव पदाधिकारीको निर्णय सोमबारको मतदानसम्मका लागि मात्रै भएको बताउँछन् । ‘सरकार निर्माणका विषयमा अलग निर्णय हुन पनि सक्छ, बल्ल मैदानमा खेलाडी प्रवेश गरेका छन्, मंगलबारदेखि रियल खेल सुरु हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘मंगलबारदेखि नै हामी सघन ढंगले छलफलमा जुट्छौं ।’ माओवादी केन्द्रका नेता वर्षमान पुनले विपक्षी गठबन्धनको सरकार बन्नका लागि जसपा निर्णायक शक्ति बनेको बताए । उनले वैकल्पिक सरकारमा जसपाको ठाकुर पक्ष पनि आउने विश्वास व्यक्त गरे । एमालेको खनाल–नेपाल पक्षका कम्तीमा २२ सांसदले राजीनामा दिएमा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुने देखिन्छ । २२ जनाको राजीनामा आउँदा प्रतिनिधिसभामा कायम सदस्य संख्या २ सय ४९ हुन्छ । त्यसको बहुमत पुर्‍याउन विपक्षी गठबन्धनलाई १ सय २५ सांसद भए पुग्छ तर खनाल–नेपाल समूहमा देखिएका २८ सांसदमा ८ जना समानुपातिकबाट चुनिएका छन् । राजीनामाको निर्णय लिएमा ओलीले समानुपातिक सांसदलाई तत्काल हटाउन सक्ने सम्भावना छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभालाई जोगाउन र जनताको जीवनरक्षाका लागि पनि वैकल्पिक सरकार बन्ने दाबी गरे । ‘कांग्रेस, माओवादी र जसपाको गठबन्धनमा नयाँ प्रधानमन्त्रीको नियुक्ति हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…