SamwadKhabar logo

               

अर्थ व्यवसाय

आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

संवाद खबर

संवाद खबर

आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन
असार १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार उक्त आवेदनबाट रु एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । रु तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकित्ता रु १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । शेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउछ । सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिने छ ।

ताजा

सबै

लुम्बिनीमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा हजार बुद्ध मन्दिरको पूजा

७ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्…

कोटेश्वरमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन

७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले आज कोटेश्वर क्षेत्रमा प्रदर्…

पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ

७ मंसिर, काठमाडौं । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज…

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

७ मंसिर, काठमाडौं । आजदेखि कमलादीस्थित काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने…

लोकप्रिय

सबै

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…