SamwadKhabar logo

               

कर्णाली प्रदेश

रूकुम पश्चिम जिल्लामा संघद्वारा खाद्यान्न वितरण

संवाद खबर

संवाद खबर

रूकुम पश्चिम जिल्लामा संघद्वारा खाद्यान्न वितरण
असार २५, काठमाडौँ । डोल्पासँग सिमाना जोडिएका रुकुम पश्चिमका विकट गाउँ छिमी र मन्कामा यही २०७८ असार २१ गते हिन्दू स्वयंसेवक संघ नेपालले १३५ घरलाई खाद्यान्न वितरण गरेको छ । गाउँ-गाउँमा सेवाको संस्कार लिएर निरन्तर रूपमा कार्य गर्दै आईरहेको हिन्दु स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरूले विकट पहाडी बाटोमा चार दिनको कठिन यात्रा गरेर डोल्पा जिल्लाको सीमानजिकै पश्चिम रुकुमको दुर्गम आठबीसकोट नगरपालिका वडा नं ६ का गाउँहरूमा खाद्यान्न सामाग्री वितरण गरेको हो । पश्चिम रूकुम जिल्लाको आठबीसकोट नगरपालिका वडा न । ६ का अति विपन्न अवस्थामा रहेका १३५ परिवारलाई खाद्यान्न वितरण गरेको संघका स्वयंसेवकले जनाएका छन् । उहाँका अनुसार २ दिनको निरन्तर यात्रा गरेर उक्त खाद्यान्न त्यस जिल्लामा पुर्याईएको थियोे । गाडि जाने ठाउँमा सम्म गाडिमा लगेको र त्यस पछि भरिया लगाएर सामान त्यस क्षेत्रमा पुर्याएको थियोे । संघका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ६ छिमीका लागि त्रिवेणी र मन्का लागि मन्काबगरमा खाद्यान्न सामाग्री वितरण गरेको छ । संघले छिमीका ४१ र १ मस्टको थान, मन्काका ८० र दामाचौरका १ मस्टको थान , आठविसकोट नगरपालिका का मन्दिर र वृद्धा आश्रम गरेर १३५ घर धुरीलाई सामाग्रीहरू वितरण गरेको थियोे । प्रत्येक घरलाई चामल २५पन, दाल १ पन, तेल १ लिटर , आयो नुन १ पन र चिया पति १०० ग्राम खाद्यान्न वितरण गरेको संघले जनाएको छ । हिन्दू स्वयंसेवक संघका राष्ट्रिय शारीरिक प्रमुख एवम नेपालगन्ज र सुदूर पश्चिम सम्माग प्रचारक विकुल दाहाल, नेपालगन्ज सम्भाग प्रचारक लक्ष्मण यादव, रुकुम पश्चिम आठविसकोट नगर ( पालिका ३ खरी जन्मथलो भएका संघका गण्डकी सम्भाग प्रचारक नरेन्द्र यरी, संघका स्वयंसेवक हरिओम यादव लगायत संघका टोलिले खाद्यान्न सामग्री लिएर वितरण गर्न जानु भएको थियोे । छिमी र मन्का गाउँका लागि खाद्यान्न सहयोगका लागि पहल गर्ने र त्यस स्थान सम्म सामान पुयाउन तथा वितरणका लागि व्यवस्था मिलाउनेआठविसकोट नगरपालिकाका समाजका अगूवा आठविसकोट ३ खदीका अमृत बोहरा ९हरियाली०, वडा नं। ९ राडीका धिरेन्द्र बटाला, कमल कुमार शाह, तारक शाह र शैलेन्द्र खत्री रहेका थिए । गाउँका बासिन्दालाई सम्बोधन गर्दै संघका प्रचारक विकुल दाहालले आपत विपतमा संघ संधै समाजको साथ उभिर आवस्यक सबै कार्य गरिरहेको र आगामी दिनहरुमा हर परिस्थितिमा समाजका साथ रहि रहने बुताउनु भयो । देशको जुन सुकै कुनामा समस्या पर्दा संघ निस्वार्थ भाव लिएर अगाडी बढ्ने गरेको छ । उहाँले कोरोना महामारीको समयमा देशव्यापी रूपमा संघद्वारा भईरहेका सेवा कार्यको जानकारी गराउनु भएको थियो ।   स्थानिय समाजका अगुवा दत्त बहादुर थापाले भने आज हाम्रो समस्या पिडालाई बुझेर संघले जुन सहयोग पुयाएको छ, यसका लागि गाउँबासी अत्यन्तै खुसी भएका छौं । र यस संस्थालाई पशुपतिनाथ भगवानले संधै शक्ति प्रदान गरुन् भन्ने आशिर्वाद प्रदान गर्नु भएको थियोे । अर्का व्यक्ति कुम बहादुर बोहराले भने हाम्रो समस्यालाई स्थानीय सरकारले देखने तर यहाँहरूले देख्नु भयो, डोल्पा सिमाना जोडिएको ठाउँमा नेपालगन्जदेखि चार दिन मोटरसाइकलको यात्रा गरेर हामीलाई खुसी बाड्नुभयो । हामी यस संस्थाले लगाएको गुण कहिल्यै बिर्सने छैनौं । भनि आभार प्रकट गर्नुभएको थियोे । खाद्यन्न लिएर गएका संघका प्रचारक विकुल दाहाल सहितको टोलीलाई स्थानीयले धन्यवाद एवम् मंगलकामना व्यक्त गर्दै फूलमाला सहित विदाई गरेका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमा…

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभ…

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

जेठ ७, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएक…

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

चैत्र २८, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । मंगलव…