SamwadKhabar logo

समाचार

भरतपुरबाट हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फुटेज भेटियो

संवाद खबर

संवाद खबर

भरतपुरबाट हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फुटेज भेटियो
चितवन १ साउन । असार १४ गते भरतपुरबाट हराएकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ। उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन्। बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको भेटेको हो। राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए। विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग कुराकानीसमेत गरेकी थिइन्। विनाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा भेटेको थियो। मोबाइलविहीन बनेकी विनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ। केहीबेर बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले जानकारी गराएको विनाका बुबा जयश्वरले बताए। सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनीअगाडि हिँडिरहेको स्थानीयले देखेका थिए। त्यसपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो। ‘राति केटी मान्छे एक्लै नदी किनारतिर गएको देखेपछि स्थानीयले खोजी पनि गरेछन्,’ डिएसपी थापाले भने, ‘लाइट बालेर एकछिन खोजी गर्दा नदेखिएको उनीहरूले बताए।’ थापाकाअनुसार विना नारायणी नदीको किनारमा रहेको बुद्धको मूर्तितर्फ गइरहेको देखेको स्थानीयले बताएका थिए। नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा विनाको खोजी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश भने हाल भरतपुर अस्पतालमा छन्। छोरी हराएपछि असार १८ गते बाबु जयश्वरले प्रवेशविरूद्ध प्रहरीमा उजुरी दिएका थिए।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि