SamwadKhabar logo

               

कर्णाली प्रदेश

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

संवाद खबर

संवाद खबर

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी
१० साउन, कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा रामप्रसाद रानाले बताउनुभयो । “यो चलन परम्परागतरूपमा चल्दै आएको छ”, उहाँले भन्नुभयो, “दिदीबहिनीहरुले पिङमा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीतहरु गाउने गर्दछन् । पिङलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । चारवटा काठको खाँबोमा डोरीमा काठको फल्याक बाँधेर पिङका रूपमा प्रयोग गरिन्छ ।” पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा गेंदुराम रानाले बताउनुहुन्छ । दिदीबहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । यसै अवसरमा उनीहरुले तीज मनाउने गर्दछन् । निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस समुदायमा रहेको छ । विसर्जन गर्न जाने बेला गाँउका युवाहरुले दिदीबहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन् । यसलाई राना थारु भाषामा झुड्की छिराउने भन्ने गरिन्छ । माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसलाई वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गर्छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमा…

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभ…

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

जेठ ७, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएक…

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

चैत्र २८, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । मंगलव…