SamwadKhabar logo

समाचार

कोरोना सङ्क्रमण बढेपछि पुनः कडाइ

संवाद खबर

संवाद खबर

कोरोना सङ्क्रमण बढेपछि पुनः कडाइ
साउन १२, काठमाडौं । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगरप्रमुख एवं प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले दिने अति जरुरी बाहेकका सेवा पनि आउँदो १८ गते सम्मलाई बन्द गरिएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको केन्द्रमा रहेका बैंक तथा वित्तीय संस्था, पसल, होटल, रेष्टुरा, विद्यालय, यातायातलगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ । कोरोना सङ्क्रमणका कारण जैमिनीका ५१ वर्षीय पुरुषको सोमबार नै धवलागिरि अस्पतालमा ज्यान गएको थियो । त्यसअघि गत शनिबार जैमिनी–१० का ५२ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । सङ्क्रमित बढेसँगै लगातारजसो मृत्युका घटना हुन थालेपछि महामारी रोकथाम र नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाले जनाएको छ । बागलुङ–१० मा पनि टोलटोलमा सङ्क्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ । विद्यालय, सङ्घ संस्था, कार्यालय, होटल, रेष्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा आउँदो १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो । खुकुला प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ । बीचमा सङ्क्रमण घटेजस्तो देखिए पनि पुनः बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय सङ्क्रमित छन् । तमानखोला गाउँपालिकामा भने अहिले सङ्क्रमित छैनन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म जिल्लामा पाँच हजार ८१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा हालसम्म ६१ जनाले ज्यान गुमाएका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि