SamwadKhabar logo

               

अर्थ व्यवसाय

जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

देवराज रिजाल

देवराज रिजाल

जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण
साउन १२, काठमाडौँ । गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ । कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार गत आर्थिक वर्षमा जन्म संस्कारमा ३१९ र मृत्यु संस्कारमा १२८ जनालाई ८९४ क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिनुभयो । उक्त चामल ढुवानी गर्न रु एक लाख ६८ हजार ५०० खर्च भएको उहाँको भनाइ छ । उहाँका अनुसार निःशुल्क चामल लिनका लागि जन्म र मृत्युको दर्ता प्रमाणपत्र, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्छ । कम्पनीले खाद्य वितरण केन्द्र, डिपो र जिल्ला शाखामार्फत उक्त चामल वितरण गर्दै आएको छ । सिमकोट शाखाबाट मात्रै दुवै संस्कारका लागि ८९ क्विन्टल ४० किलो चामल वितरण गरिएको कम्पनीले जनाएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ भदौ २३ गते संसद्मा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न प्रतिव्यक्ति २० किलोका दरले चामल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …