SamwadKhabar logo

               

मधेश प्रदेश

नौ दिनको शिशुसमेत तीन जनाको पोखरीमा डुबेर मृत्यु

देवराज रिजाल

देवराज रिजाल

नौ दिनको शिशुसमेत तीन जनाको पोखरीमा डुबेर मृत्यु
साउन १३, काठमाडौँ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको हो । मृतकमा स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोरा परेको जानकारी ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले दिनुभयो । सोहि गाउँपालिकाका स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिनुभयो । महिलाको मानसिक सन्तुलन ठिक नभएको भन्ने पनि उनले बताउनुभयो । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभएको छ । तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्री…

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रह…

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवार…

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

जेठ २५, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । श…