SamwadKhabar logo

               

मधेश प्रदेश

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

संवाद खबर

संवाद खबर

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै  ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।  मन्त्रीमण्डल विस्तारसम्बन्धी आलोचना हुन थालेपछि सबैको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।  

२० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् ।

२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले पछिल्लो पटक २२ साउनमा पाँच राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाउनुभएको थियो ।

मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै आलोचना भएको थियो । मधेश प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो ।

बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्री…

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रह…

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवार…

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

जेठ २५, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । श…